शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अमेरिकाको कंग्रेसबाट उम्मेदवारी दिदै भण्डारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अमेरिकाको कंग्रेसबाट उम्मेदवारी दिदै भण्डारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकाको तल्लो सदन (कंग्रेस) का लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई पटक मेरिल्यान्ड डिस्ट्रिक्ट–८ जितेर मेरिल्यान्ड राज्यको विधायक बनेका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब वासिङ्टन डीसीमा रहेको क्यापिटल हिल अर्थात् केन्द्रीय संसद्‌मा जाने घोषणा सोमबार गरेका हुन् ।

अमेरिकाको संसद्का लागि उम्मेदवारी दिने भण्डारीको घोषणा
उनले मेरिल्यान्ड कंग्रेसनल डिस्ट्रिक्ट–२ बाट केन्द्रमा निर्वाचन लड्ने घोषणा गरेका हुन् । २१ वर्षदेखि अनवरत प्रतिनिधित्व गर्दै आएका विधायक डच रुपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि उक्त खुला सिटमा उम्मेदवारी घोषणा गरेको भण्डारीले जानकारी गराए । साे क्षेत्रबाट डेमोक्र्याटिक पार्टीको उम्मेदवार आगामी मे १४ मा हुने प्राइमरी निर्वाचनको नतिजाले तय गर्नेछ । उक्त निर्वाचनमा जिते भण्डारीले नै पार्टीको नेतृत्व गर्दै आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचन राष्ट्रपति जो बाइडेनको दलबाट लड्नेछन् ।

भण्डारी सन् २०१८ मा मेरिल्यान्ड राज्यमा नेपाली मूलको पहिलो निर्वाचित विधायक बनेका थिए । डेमोक्र्याट पार्टीबाट उम्मेदवार बनेर चुनाव जितेमा भण्डारी त्यहाँको संघीय संसद्मा पुग्ने पहिलो नेपाली मूलका अमेरिकी बन्नेछन् । भण्डारीले आफू विधायक भएपछि मेरिल्यान्डमा नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको  जनाए ।

‘डेमोक्रेटिक पार्टीले जित्ने सिट ओपन हुनु भनेको त्यही क्षेत्रको सबैभन्दा बढी मत ल्याएर जितेको र वरीयताक्रममा पनि पहिलो नम्बरमा रहेको डेलिगेटका लागि एकजुगमा एक दिन आउने अवसर हो । कम्तीमा मेरो सक्रिय राजनीतिक जीवनमा यस्तो अवसर फेरि आउने छैन भन्नेमा म विश्वस्त छु,’ भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म यो सुनौलो अवसर अमेरिकाभरिका नेपालीको अवसरका रूपमा स्वीकार्छु र विनम्रतापूर्वक मेरिल्यान्ड कंग्रेसनल डिस्ट्रिक्ट–२ का लागि डेमोक्रेटिक पार्टीको उम्मेदवारी घोषणा गर्न चाहन्छु ।’ उनले आफू अहिले मेरिल्यान्डको विधायक भएको र आगामी जितपछि अमेरिकाका ५० राज्यकै एक संसद् (कंग्रेसम्यान) हुने पनि बताए । ‘त्यसबाट अमेरिकाभरिका समग्र नेपालीले आफ्नो मूलको पहिलो कंग्रेसम्यान पाउनेछन्,’ उनले भने । भण्डारीले उम्मेदवारी दिनु एउटा पक्ष भए पनि त्यसका लागि प्रभावकारी चुनावी क्याम्पेन चलाउनु निर्णायक रहेको प्रस्ट पारे ।

भण्डारीको नेपाल घर पर्वत जिल्लाको तत्कालीन थापाठाना गाविस (हाल फलेवास नगरपालिका) हो । उनले शंकरपोखरीस्थित त्रिभुवन माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । मेरिल्यान्डमा राज्यको विधायक हुँदा उनले नेपालीहरूको चाड दसैंमा एक दिन बिदा दिने गरी मेरिल्यान्ड राज्यका दुवै संसद्बाट विधेयक पारित गराएर कानुन निर्माणमा अहम् भूमिका खेलेका थिए । उक्त कानुनअनुसार हरेक वर्ष ५ अक्टोबरमा दसैं बिदा दिइन्छ । उनले आफ्नो निर्वाचन क्षेत्रमा सरकार तहबाट तिहारमा दीपावली मनाउनका लागि विद्यालयबाट बिदा दिने नीति पनि पास गराएका छन् ।

मेरिल्यान्ड डिस्ट्रिक्ट–८ को विधायकका रूपमा आफूले पहिलो कार्यकालमा गरेको कामको मूल्यांकन गरेर जनताहरूले दोस्रो पटक अझ ठूलो मतका साथ जिताएको पनि भण्डारीले उल्लेख गरेका छन् । ‘यसबाट अमेरिकाको मूलधारका मतदातामाझ पनि नेपाल र नेपाली अरू बढी देखिएको छ, सुनिएको छ,’ उनले भने ।

 

यो पनि पढ्नुहोस्

सरकारले नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक

सोमबार सार्वजनिक बिदा दिने निर्णय

४८ मिनेट अगाडि
हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ घोषणा

हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ घोषणा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक