शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिहारमा राजनीतिक सरगर्मी बढ्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बिहारमा राजनीतिक सरगर्मी बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतीय राज्य बिहारका मुख्यमन्त्री नितीश कुमारले राजीनामा दिएका छन्। बिहारका राज्यपाल राजेन्द्र आर्लेकरलाई राजीनामा बुझाएपछि नितीशले महागठबन्धनबाट पनि अलग भएको घोषणा गरेका छन्।

राजधानी पटनामा सञ्चारकर्मीसँग बोल्दै नितीशले भने, ‘आज मैले आफ्नो पदबाट राजीनामा दिएको छु। हामीले पार्टीका सदस्यहरुको सल्लाह मान्यौं र सरकारलाई समाप्त गर्ने प्रस्ताव गर्‍यौं। हामी आज गठबन्धनबाट अलग भएका छौं।’

आठौं पटकका लागि मुख्यमन्त्री पदका लागि शपथ लिएको १८ महिना नपुग्दै गठबन्धन फेर्नका लागि नितीशले राजीनामा दिएका छन्। उनले पुनस् भारतीय जनता पार्टी ९बीजेपी०सहितको नेशनल डेमोक्रेटिक अलाएन्स ९एनडीए०सँग जोडिने निर्णय गरेका छन्।

नितीश कुमारले सन् २०२२ को अगस्टमा बीजेपीको साथ छाड्दै महागठबन्धनमा सामेल हुने निर्णय गरेका थिए। त्यतिबेला उनले बीजेपीका कारण राज्यमा आफूहरु कमजोर भइरहेको निष्कर्ष निकालेका थिए।

बीजेपीले आफूहरुलाई कमजोर बनाउन भूमिका खेलेकाले उक्त पार्टीसँग सत्ता सहकार्य गर्न नसकिने निष्कर्ष सुनाउँदै नितीश कुमारले ९ अगस्ट २०२२ मा एनडीएसँगको यात्रा टुंग्याएका थिए। त्यसपछि उनी प्रदेशको सबैभन्दा ठूलो पार्टी राष्ट्रिय जनता दल ९आरजेडी०सँग मिलेर आठौंपटक मुख्यमन्त्री बनेका थिए। त्यतिबेला नितीशलाई मुख्यमन्त्री बनाउन आरजेडीसँगै अन्य साना–ठूला गरी ७ दलले समर्थन गरेका थिए।

अहिले नितीशले साथ फेरेपछि प्रमुख सत्ता साझेदार आरजेडीले उनलाई ‘धोकेबाज’को संज्ञा दिएको छ। आरजेडीका प्रवक्ता एजाज अहमदको प्रतिक्रिया छ, ‘नितीश कुमारले आफ्नो स्वार्थका लागि युवाहरुलाई रोजगारी दिने मामिलामा धक्का दिने र घृणाको राजनीति बढाउने काम गरेका छन्।’

नितीश कुमार नेतृत्वको सरकारमा आरजेडीबाट तेजस्वी यादवले उपमुख्यमन्त्रीसहित स्वास्थ्य तथा परिवार कल्याण, सडक निर्माण, आवास तथा शहरी विकास, ग्रामिण कार्य र पर्यटनसँग सम्बन्धित मन्त्रालय सम्हालिरहेका थिए। सरकारमा गएको १८ महिनामा तेजस्वीले युवाहरुलाई रोजगार दिने मामिलामा उल्लेख्य काम गरेको आरजेडीका नेताहरुको दाबी छ। तर नितीश कुमारले व्यक्तिगत स्वार्थका कारण युवाहरुलाई रोजगार दिलाउने तेजस्वीको योजनालाई असफल बनाउन राजीनामा दिएर गठबन्धन फेरेको आरोप लगाएका छन्।

आरजेडीका प्रवक्ता अहमद भन्छन्– ‘रोजगारी मिल्न थालेपछि बिहारका युवाहरुको अनुहारमा जुन मुस्कान थियो नितीशले त्यसलाई खोस्ने प्रयास गरेका छन्। नितीशले राजीनामा दिएर युवा र युवाहरुको नेता तेजस्वी यादवको सोचमा धक्का पुर्‍याउने काम गरेका छन्। उनले यो बताउनु पर्छ कि के कारण, कुन स्वार्थबाट प्रेरित भएर उनी भारतीय जनता पार्टीसँग गइरहेका छन्। अब यहाँ ठग र लोभीहरुको गठबन्धन तयार हुँदैछ। ९ अगस्ट २०२२ भन्दा पहिले नितीशले नै भनेका थिए भारतीय जनता पार्टीले हाम्रो अस्तित्व समाप्त गर्न चाहन्छ, हाम्रो पार्टीलाई समाप्त गर्न चाहन्छ। हामी सबै समाजवादी विचारधारा भएका व्यक्तिहरु मिलेर यो शक्तिलाई परास्त गर्न सक्छौं। तर आज आफ्नो स्वार्थका कारण बीजेपीसँग गइरहेका छन्।’

बीजेपीका नेताहरुले अब नितीश कुमार नै मुख्यमन्त्री बन्ने स्पष्ट पारेका छन्। बीजेपीका प्रवक्ता शहनवाज हुसैनले नयाँ गठबन्धनबाट नितीश नै मुख्यमन्त्री बन्ने बताएका छन्। साथै नितीशले २ जना उपमुख्यमन्त्री पनि बनाउन सक्ने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक