शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यसरी त्रिविकाे ट्रान्सक्रिप्ट अनलाइनबाटै आवेदन दिन सकिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
यसरी त्रिविकाे ट्रान्सक्रिप्ट अनलाइनबाटै आवेदन दिन सकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ देखि ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ ।

गत माघ २ मा बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय कार्यालयहरूबाट दिइने सेवा अनलाइनमा आधारित बनाउने निर्णय गरेको थियो ।

आज हामी ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदन दिने तरिकाबारे जानकारी दिँदै छौंः

१. सबैभन्दा पहिले यहाँ क्लिक गरेर  परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा जानुहोस् ।

२. त्यसपछि त्यहाँ होमपेजमा देखाइएको सर्टिफिकेट ‘Certificate’ को लिङ्कमा क्लिक गर्नुहोस् ।

३. यति गरेपछि साइन अप (Sign Up) अप्सनमा जानुहोस् ।

४. अब ईमेलमा आएको लिङ्कमा क्लिक गरेर दर्ता गर्नुहोस् ।

५. त्यसपछि रजिस्ट्रेसन स्लिप अपलोड गर्ने इन्टरफेस आउँछ । ( pdf, jpg वा image form को प्रयोग गर्न सकिन्छ ।)

६. त्यसपछि ट्रान्सक्रिप्ट ‘Transcript’ मा गएर आवश्यक सूचना भर्नुहोस् । त्यसैगरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा क्लिक गरी माग भएको सूचना उपलब्ध गराउनुहोस् ।

७. अनि अनलाइनमा उल्लेख गरिएको सूचना अनुसार फारम भर्नुहोस् र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा ‘सब्मिट’ (submit) गर्नुहोस् ।

६. सब्मिट भएपछि सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु हुनेछ र सबै प्रक्रिया मिलेको खण्डमा ट्रान्सक्रिप्ट प्रिन्टको प्रक्रियामा जानेछ ।

७. प्रमाणीकरण गरी तयार भएको ट्रान्सक्रिप्टको सूचना सेवाग्राहीलाई पठाइने छ। यदि सूचना अपूर्ण भएमा वा गलत भएमा सोको जानकारी पनि सम्बन्धित विद्यार्थीलाई पठाइने परीक्षा नियन्त्रण कार्यालय बल्खुले उल्लेख गरेको छ । र, आवश्यक प्रक्रिया पूरा गरी पुनः अपलोड गरी पूर्ववत् सेवा सुचारु भई कार्यान्वयनमा जानेछ ।

८. अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो सेवा २०८० माघ १५ गते सोमबारका दिन बिहान १०:०० बजेदेखि सञ्चालन हुनेछ र केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुनेछ र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशित हुनेछ ।

नाम, थर आदि सच्याउने प्रक्रियाका लागि आवश्यक प्रमाण आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बल्खुस्थित केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।

प्रमाणपत्र सङ्कलन गर्दा स्वयं वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनुपर्ने कार्यालयले जनाएको छ । यो प्रक्रियासँग सम्बन्धित केही समस्या भएमा ईमेल वा फोन नम्बर मार्फत सूचना आदान प्रदान गरिने भएकोले आफ्नो सम्पर्क नम्बर र ईमेल एड्रेस सोही अनुसार अपलोड गर्नुपर्नेछ ।

हामीले माथि उल्लेख गरिएको टिप्स सूचनाका आधारमा तयार पारेका छौं । हालसम्म ट्रान्सक्रिप्टका लागि लगइन पोर्टलको डेमो पनि बाहिरिएको छैन । तसर्थ यो सेवा सार्वजनिक भइसकेपछि हामी भिडिओ टिप्स समेत उपलब्ध गराउनेछौं ।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

५ दिन अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक