काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ।
उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।
बिहान ८ बजेर ४५ मिनेटमा २ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको हो।
यस वर्ष हिउँदे वर्षा नभए पनि लगातार चिसो बढिरहेको छ।
दुई दिनअघि चिसो तीन डिग्री मापन भएको थियो।
पहाडी र हिमाली भेगसँगै तराईमा पनि तापक्रम निरन्तर घटिरहेको मौसम विभागले जानकारी दिएको छ।


