मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

विद्युत् आयात प्रभावित हुँदा उद्योग समस्यामा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
विद्युत् आयात प्रभावित हुँदा उद्योग समस्यामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। मुलुकभित्र उच्च माग हुने समयमा पर्याप्त विद्युत् आयात गर्न नसक्दा तराईका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्न पूर्वाधारको समस्या रहेकाले पनि उद्योग क्षेत्रमा पिक समयमा विद्युत् आपूर्ति गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उद्योग सङ्गठन मोरङले पछिल्ला केही दिन बिहान र बेलुकी गरी आठ घण्टासम्म बिनापूर्वसूचना विद्युत् आपूर्ति अवरोध हुँदा उद्योग सञ्चालनमा समस्या भइरहेको जनाएको छ । प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक मनोजकुमार सिलवालका अनुसार पिक समयमा भारतबाट पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा अवस्था हेरी आलोपालो गरी ३३ केभी प्रसारण लाइनमा विद्युत् विच्छेद गर्ने गरिएको छ । प्राधिकरणले अहिले दैनिक करिब ४५० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । इन्डियन इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटबाट ढल्केबरसम्म पर्याप्त विद्युत् आपूर्ति गर्न सकिन्छ तर आन्तरिक प्रसारण लाइनको सीमितताले गर्दा आवश्यक ठाउँमा विद्युत् पुर्‍याउन सकिन्न ।

पूर्वी नेपालमा विद्युत् आपूर्ति गर्न कुसाहा–कटैया प्रसारण लाइन, मध्य तथा पश्चिम नेपालका लागि रक्सौल–परवानीपुर तथा गण्डक प्रसारण लाइनबाट विद्युत् आपूर्ति गर्नुपर्ने हुन्छ तर विहार विद्युत् बोर्डले पिक समयमा आफ्नै क्षेत्रमा विद्युत् पुर्‍याउनुपर्ने भएकाले नेपालतर्फको आपूर्ति रोक्ने गरेको छ ।

साँझको समयमा सौर्य विद्युत् उत्पादन बन्द हुने भएकाले विहारले सो समयमा आफैँले पनि महँगोमा विद्युत् खरिद गर्नुपर्ने हुन्छ तर नेपालसँगको सम्झौता फिक्स्ड रेटमा भएकाले पिक समयमा विहारले नेपालमा विद्युत् आपूर्ति दिन चाहँदैन ।

“आइआइएक्समार्फत ढल्केबर सबस्टेसनमा त जति पनि विद्युत् ल्याउन सकिन्छ तर त्यो विद्युत् सबै उद्योगसम्म पुर्‍याउन पूर्वाधारको समस्या छ,” सिलवालले भन्नुभयो, “विहारबाट नेपालका विभिन्न १३२ केभी प्रसारण लाइनबाट चाहिए जति बिजुली आयात गर्न नसक्दा पिक आवरमा समस्या भएको हो ।” उहाँका अनुसार आइआइएक्समार्फत अन्य प्रसारण लाइनबाट पनि विद्युत् आयात गर्ने प्रस्ताव प्राधिकरणले भारत केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको भए पनि निर्णय भइसकेको छैन । त्यस्तै गरी विहार सरकारलाई पनि पिक समयमा विद्युत् आपूर्ति दिन विहार इलेक्ट्रिसिटी बोर्डलाई अनुरोध पनि गरिएको छ । जाडो बढ्दै जाँदा देशभित्रका जलप्रवाही आयोजनाबाट अहिले विद्युत् उत्पादन घट्दै गएको छ । विद्युत्को जडित क्षमता दुई हजार ८९० मेगावाट रहेको भए पनि मुलुकभित्रको कुल उत्पादन अहिले आधाभन्दा कम छ । पुस ७ गते प्राधिकरणले रेकर्ड गरेको पिक डिमान्ड एक हजार ९६३ मेगावाट छ तर सो दिन आन्तरिक उत्पादन भने एक हजार ३५६ मेगावाट मात्र भयो भने भारतबाट ४०८ मेगावाटसम्म विद्युत् आयात भएको देखिन्छ । यस अनुसार १९९ मेगावाट विद्युत् पिक डिमान्डका समयमा आपूर्ति हुन सकेन र औद्योगिक ग्राहकको विद्युत् केही समय अवरुद्ध गरिएको थियो ।

उद्योगहरूमा केही समय आपूर्ति काटिए पनि सर्वसाधारण उपभोक्ताको घरमा विद्युत् आपूर्ति अविछिन्न रहेको सिलवालले जानकारी दिनुभयो । विद्युत्को आपूर्तिभन्दा माग विस्तार तीव्र भएकाले पनि आपूर्ति सन्तुलनमा प्राधिकरणलाई समस्या परेको छ । गत वर्ष पुस ७ गते करिब ११ सय मेगावाट विद्युत् आन्तरिक उत्पादन भएको थियो भने पिक डिमान्ड एक हजार ६३० मेगावाट थियो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले अर्थतन्त्रमा सुस्तता छाएको अवस्थामा विद्युत् आपूर्तिमा अवरोध भइदिँदा उद्योगी व्यवसायीमाथि वज्रपात भएको बताउनुभयो । उहाँले उद्योगमाथि एकपछि अर्को समस्या थपिइरहँदासमेत समस्या समाधानमा सरोकारवाला निकायबाट खासै चासो व्यक्त नभएको बताउनुभयो ।  गाेरखापत्र

 

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

मुद्राको विनिमयदर सार्वजनिक

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक