मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्राचीन तिलौराकोटमा उत्खनन सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्राचीन तिलौराकोटमा उत्खनन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताउनुभएको ठाउँ प्राचीन तिलौराकोटमा यस वर्षको उत्खनन सुरु भएको छ । उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोष र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता छ ।

उत्खनन कार्य दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्वनिर्देशक कोषराज आचार्य, पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवाली र लुम्बिनी विकास कोषका पुरातत्व शाखा प्रमुख हिमाल उप्रेतीलगायतको सहभागितामा उत्खनन कार्य अघि बढेको हो ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कार ज्ञवालीका अनुसार यसअघि उत्खनन गरिएका भग्नावशेषबाट प्राचीन कपिलवस्तु नगरको मुख्य दरबार क्षेत्र तिलौराकोट नै रहेको प्रमाणित भइसकेको र बाँकी उत्खननले तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सघाउ पुग्ने बताउनुभयो । उहाँले तिलौराकोट क्षेत्रमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय संरचना परिसर र पूर्वी विहार क्षेत्रमा उत्खनन भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा उत्खनन गर्दा पाएको विभिन्न चरणमा पाएका संरचनाहरु रहेको र ती संरचनाहरुको विस्तृत अध्ययनका लागि उत्खनन गरिँदै छ ।” त्यस्तै, पूर्वी विहार क्षेत्रमा विगतका वर्षमा गरिएको उत्खननबाट केही विहार, पोखरीहरु भेटिएको र ती भेटिएको संरचनाहरुको विस्तृत अध्ययन अनुसन्धानका लागि उत्खनन हुन लागेको ज्ञवालीको भनाइ छ ।

लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीका अनुसार विगतका वर्षमा मुख्य दरबार क्षेत्र, उत्तरी गेट, मौर्याकालीन पोखरी, समयमाई मन्दिर पछाडी, शिवगढ, कन्थक स्तुप लगायतको क्षेत्रमा उत्खनन भइसकेको बताउनुभयो । उत्खनन कार्य माघ २६ गते अर्थात् फेब्रुअरी ९ सम्म चल्नेछ ।

युनेस्कोको विश्व सम्पदा केन्द्रमा तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपाल सरकारका तर्फबाट पेस गर्नुपर्ने मनोनयन दस्तावेजमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीद्वारा हस्ताक्षर भइसकेको कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञनिन राईले बताउनुभयो । -गोरखापत्र

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

मुद्राको विनिमयदर सार्वजनिक

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक