काठमाडौं । अन्तर जातिय प्रेम सम्बन्धका कारण ८ वर्ष अघि हत्या गरिएका काभ्रेका अजित मिजारको न्यायकको लागि विभिन्न दलित संगठनहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।
जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले कथित उचनिचको जात व्यवस्थाको कारण मृतक मिजार जस्ता युवायुवतिले ज्यान गुमाउनु दुःखत भएको धारणा राखिन् । राज्य सत्तामा पीडितको पहुँच नहुँदा सकभर न्याय नपाउने पाए पनि वर्षौं लाग्ने गरेको बताउँदै गजमेरले भनिन् “८ वर्षदेखि मिजारको शव टिचिङ अस्पतालमा छ, मुद्दा सर्बोच्च अदालतमा पुगेको छ, पीडितले न्याय र दोषिहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ ।” अब पनि न्याय नपाए हामी जस्तोसुकै संघर्षको लागि पनि तयार छौं, गजमेरले थपिन् ।
संयुक्त दलित अधिकार मञ्च नेपालका नेता सुजन सह संकरले अड्डा, अदालत, प्रहरी प्रशासन कतै पनि दलितको पहुँछ नहुँदा मिजार जस्ता पीडितले न्याय नपाएको बताउँदै प्रश्न गरे,“हे सरकार परिवर्तनका लागि हाम्रो ठूलो त्याग र योगदान, तर पनि समाजबाट जनावरको व्यवहार कहिलेसम्म ?”
अजित मिजारको न्यायका लागि उनिहरुले माघ २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र ३० गते प्रदर्शन गर्ने जनाउँदै त्यसपछि पनि पीडित र परिवार ले न्याय नपाए कडा आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।के हो मिजार हत्या काण्डः
तर, अजितलगायत अजितको परिवारलाई कल्पनाको बुवा,दिदि र कनैया भन्ने ब्याक्तिले फोनबाट ज्यान मार्नेसम्मका धम्कीहरु असार २९ गते १२ः३० बजेसम्म आइरहेका थिए । अजित मिजार २०७३÷०३÷२९ गते रिचार्ज लिन गएका अजित घर नजिकैबाट बेपत्ता भएका थिए । बेपत्तापछि २०७३÷०३÷३० गते धादिङको गजुरी फुर्के खोलाको प्रतिक्षालयमा घुडा टेकिएको र घाटीमा पलास्टिक क्रिपालको डोरीले झुण्ड्याईएको अवस्थामा सामाजिक सञ्जालमा फोटो सार्बजनिक भयो । परिवार र सरोकारवालाहरुले थाहा पाएपछि सम्बन्धित ठाउँमा जाँदा अजितको शव प्रहरी प्रशासन ‘फेक’ पोस्टमार्टम गरी गाडिएको अवस्थामा उत्खनन गरेर निकालिएको थियो ।
शव निकालिएपछि प्रहरी प्रशासन र पोस्टमार्टम गर्ने हस्पिटल समेत शंकाको घेरामा रहेकाछन् । विगत ८ वर्षदेखि अजितको परिवार न्यायको लागि संघर्ष गरिरहेको छ । जिल्ला अदालत धादिङ, उच्च अदालत ललितपुरलेसमेत अजितमाथि न्याय गर्न सकेको छैन । हाल सर्वोच्च अदालतमा २०८० फागुन ८ गते पेशी तोकिएको छ । अजितको शव टिचीङ हस्पिटलको शव गृहमा रहेको छ ।


