काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा ललितपुरमा सुरु भएको छ । यसअघि नियुक्त लेखा परीक्षकको अनुमोदन गर्ने एउटा मात्रै प्रस्ताव ल्याएर एन्फाले विशेष साधारण सभा बोलाएको हो ।
२ पुसको एन्फाको कार्यसमिति बैठकले आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षणका लागि एसएलबी एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यै निर्णय अनुमोदन गर्न साधारण सभा बसेको हो । यो एन्फाको ३ महिनभित्र बसेको दोस्रो साधारण सभा हो ।
यसअघि कात्तिक २३ गते हेटौंडामा विशेष साधारणसभा भएको थियो । यस्तै १४ फागुनमा एन्फाले नियमित साधारण सभा पनि बोलाइसकेको छ । खेल प्रतियोगिता चाहिँ नगरेको तर ४ महिनामै तीन वटा साधारण सभा गर्न लागेको भन्दै एन्फा कार्यसमितिकै सदस्यहरुले नेतृत्वको विरोध गर्दै आएका छन् ।

