शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामपामा वार्षिक करिब ३ करोड लिटर पानी पुनः भरण हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कामपामा वार्षिक करिब ३ करोड लिटर पानी पुनः भरण हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने भएको छ । वर्षामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली काठमाडौं महानगरपालिकाले बनाएको छ । महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको हो ।

रिचार्ज प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ चेम्बर, दुइटा पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र सातवटा (९० फिट) बाँसको छेकबार (चेक ड्याम) बनाइएको महानगर उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । यो प्रणली ९ वैशाखदेखि सुरु गरिएको थियो ।

लागत ४३ लाख ६० हजार रुपैयाँबराबर छ । निर्माण साझेदारले उक्त प्रणाली र सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिका उपप्रमुख डंगोललाई हस्तान्तरण गरेका छन् । परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाब बढ्ने अपेक्षा गरिन् । ‘सहरमा पानी अभाव छ ।

बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा फेरि पानी अभाव हुन्छ । यसलाई सन्तुलन गर्न पानी पुनः भरण प्रणाली प्रवद्र्धन गरिरहेका छौं,’ उनले भनिन्, ‘काठमाडौंमा सबैभन्दा धेरै पानी अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनः भरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’ परम्परागत रूपमा काठमाडौंवासीले पानीका प्रमुख स्रोतका रूपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनः भरण हुने गथ्र्याे ।

जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समय अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । पछिल्ला वर्ष छोटो अवधिमा अधिक पानी पर्ने हुनाले प्राकृतिकरूपमा पानी पुनः भरणमा समस्या सिर्जना भएको महानगरले जनाएको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

तनहुँमा बलेरो जिप दुर्घटनामा ६ जना घाइते

१ घण्टा अगाडि
प्रचण्ड रसिया प्रस्थान

प्रचण्ड रसिया प्रस्थान

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

प्रचण्ड रसिया प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक