शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मेलम्चीको पानी र सरकारको लोकतन्त्र उस्तै उस्तै !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

नेपाल सरकारको असफलता दर्शाउने योजनामध्येको एक हो, मेलम्ची खानेपानी आयोजना । दशकौं लगाएर यो खानेपानी आयोजना सम्पन्न भए पनि र काठमाडौंमा पानी ल्याइए पनि यसमा विभिन्न समस्या समयसमयमा देखिरहेका छन् । यही विषयलाई राजनीतिक नेतृत्वले पनि आफ्नो स्वार्थपूर्तिका लागि विभिन्न समयमा प्रयोग गर्दै आएका छन् । यसकै पछिल्लो उदाहरण हो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको पाँचौं पटक उद्घाटन गर्नु । पानी अभावका कारण काकाकुल बन्ने अवस्थामा पुगेको काठमाडौंका लागि दशकअघि ठूलो सपनाको रुपमा मेलम्ची खानेपानी आयोजना आइपुगेको थियो । तर, यो योजना बन्न नै लामो समय लाग्यो । आयोजना बनिसके पनि हालसम्म पनि काठमाडौंवासीले राम्रोसँग यो आयोजनाबाट खानेपानी प्रयोग गर्न पाएका छैनन् ।

पछिल्लो समय मेलम्ची खानेपानी र नेपालको लोकतन्त्र उस्तै उस्तै देखिएको छ । मेलम्ची खानेपानी आयो आयो भनेर फुस्सा भनेजस्तै, लोकतन्त्रको अवस्था पनि उस्तै छ । दुई दशक भयो, नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको । तर, यस अवधिमा जनताले खासै कुनै उपलब्धि हासिल भएको महसुस गर्न सकेनन् । यस बीचमा सीमित नेता तथा उनीहरुको आफन्त र आसेपासेको जीवनस्तरमा भने रातारात परिवर्तन भयो । त्यसकारण नेपाल र जनताका लागि लोकतन्त्र र अन्य व्यवस्थामा कुनै फरकपन देखिएन ।

लोकतन्त्र जस्तै मेलम्ची खानेपानी आयोजना निर्माणपछि काठमाडौंवासीलाई पानीको छेलोखेलो हुने सपना देखाइयो । मेलम्चीको पानी काठमाडौंको सडकमा खोलोको रुपमा बगाइने बताइयो । त्यही सपना देखाएर यो आयोजनामा अर्बौं रुपमा खर्च गरियो । तर, दीर्घकालीन रुपमा योजना बनाउन नसक्दा यो आयोजनामा वर्षेनि समस्या देखिएको छ । काठमाडौंवासीको आशा पनि खेर गएको छ । यही कारण हालै प्रधानमन्त्रीले पाँचौं पटक मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरे । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले भनेका छन्, ।।।हामीसँग भएको एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर ।’

मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस्,’ भन्दै बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरी र हालका प्रधानमन्त्री प्रचण्डले गरेको उद्घाटनको मिति समेत उल्लेख गरेका छन् । मेयर बालेनले राजनीतिक स्टन्टका लागि प्राविधिक पक्षलाई बेवस्ता गरेर यसअघि मेलम्चीको पानी उद्घाटन भएको उल्लेख गर्दै अहिले पनि त्यसबारे सोच विचार नगरिएको बताएका छन् । मेयर बालेन आफैंमा इन्जिनियर भएकाले पनि उनको यो सुझाव विचारणीय छ । उनले भनेका छन्, ।

प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनीतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौं ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो । राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनीतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’ मेलम्चीको खानेपानी आयोजनामा पहिरो र बाढीको जोखिम छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । यस्तै, पहिरो र बाढीका कारण विगतमा यो आयोजनाको मुहान थुनिएको थियो । त्यो पहिरो झरेर मुहान कुनै पनि बेला थुनिन सक्छ । बालुवा भएको सुरूबबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदै छ ।

त्यसैले बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरुबमा पसेर सुरुब नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौं समय र अर्बौंको लागत लाग्न सक्छ । यस्तै, वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरु निर्माण भइसकेका नै छैनन् । यसैले वर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । प्राविधिकहरुका अनुसार हिउँदमै पनि लेदो नथिग्राई सिधै पानी सुरुबमा लैजाँदा त्यसमा भएका बालुवा सुरूबमा बिस्तारै थिग्रिएर केही समयपछि सुरूब पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ । त्यसैले सरकारले प्राविधिकहरुको सुझावलाई मनन गर्न आवश्यक छ । नत्र राजनीतिक स्टन्ट मत्र गर्ने हो भने यसले राज्यलाई अर्बौंको लगानी क्षति हुने जोखिम छ । त्यसैले मेयर बालेनले पनि भनेका छन्, ।

हामी आलोचना मात्र गर्न चाहन्नौं । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेकपल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौं । यो मौका दिनुहुनेछ भन्ने आशा लिएका छौं । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस् धन्यवाद, हाम्रो मन साँच्चै नै जित्नु भयो भनेर ।’ बालेनले भनेजस्तै प्रचण्ड सरकारले मेलम्ची खानेपानी आयोजनाको समस्या दिगो रुपमा समाधान हुन सके मात्र उनले जनताको विश्वास जित्नेछन्, जनताले साँच्चै धन्यवाद दिनेछन् । नत्र त यतिका वर्षसम्म लोकतन्त्र आए पनि जनतालाई देखाइएको आशाभरोसा पूरा गर्न नसक्दा जसरी अहिले राजनीतिक दलप्रति जनताको विश्वास कम हुँदै गएको छ, त्यसलाई अझ मलजल मेलम्ची जस्ता आयोजनाको हतारहतारमा र पटकपटक उद्घाटनले गर्नेछ ।

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

८ महिना अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

८ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक