शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साहित्यकारको भीमरथारोहणमा आफ्नै पुस्तक उपहार

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
साहित्यकारको भीमरथारोहणमा आफ्नै पुस्तक उपहार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ ।

साहित्यकार निर्मलकै पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गत शनिबार आयोजित पार्टीमै उपन्यास सार्वजनिक गरिएको हो । अनौपचारिक रुपमा चलिरहेको जंक्व पार्टीको बीचमै एक कार्यक्रम गर्दै उपन्यासको लोकार्पण गरिएको थियो । कार्यक्रममा अधिकारकर्मी साथै उपन्यासकार मल्ल के. सुन्दर, लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, साहित्यकार निर्मल र उनकी पत्नी विन्दीरा राजोपाध्यायको साथमा उनकै परिवारले उपन्यासको सामूहिक रुपमा विमोचन गरे ।

उपन्यास विमोचन पछि कार्यक्रममा बोल्दै अधिकारकर्मी मल्लले विगतमा भाषा आन्दोलन र पत्रकारिता क्षेत्रमा आफ्ना सहकर्मी आर. के. निर्मलको उपन्यास सार्वजनिक भएकोमा खुसी व्यक्त गरे । ‘भाषा आन्दोलनदेखि लिएर मैले इनाप साप्ताहिक पत्रिका प्रकाशन गर्दाको समयमा मलाई सबैभन्दा साथ दिने मेरो साथी निर्मलको उपन्यास आज उहाँकै भीमरथारोहणको अवसरमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लाग्यो’ अधिकारकर्मी मल्लले भने । ‘बीचमै केही समय विश्राम लिएको निर्मलको कलम अब नरोकियोस्, चल्दै गरोस्, नयाँ श्रृजनाहरु प्रकाशन हुँदै गरोस्, मेरो शुभकामना ।’ त्यस्तै साहित्यकार निर्मलका कनिष्ठ पुत्र बिराजकाजी राजोपाध्यायले आजभन्दा करीब ५ बर्ष अघि नै तयार भइसकेको पुस्तक लकडाउन लगायत विविध कारणले प्रकाशन हुन नसकिरहेको र जंक्वको अवसरमा आफ्ना बुबालाई थाहै नदिई सरप्राइज गिफ्टको रुपमा पुस्तक प्रकाशन गरेको जानकारी दिए । ‘

प्रकाशक संस्थाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, कभर डिजाइनर र स्केच आर्टिस्ट सचिना राजोपाध्याय, ले आउट डिजाइनर रोशन राजोपाध्याय र मलाई मात्र जानकारी थियो । लेखकलाई नै थाहा थिएन, पुस्तक प्रकाशन हुँदैछ भनेर’ राजोपाध्यायले भने । ‘उनको जंक्वको अवसरमा हामीले यो सरप्राइज गिफ्तको रुपमा यो पुस्तक टक्र्यायौं ।’

चाङ थ्येन ईबाट लिखित चाइनिज उपन्यासलाई श्यामा बल्लभले हिन्दी भाषामा अनुवाद गरी ‘जादुकी तुम्बी’ नामबाट प्रकाशन गरेका थिए । सोही हिन्दी उपन्यासलाई साहित्यकार निर्मलले नेपालभाषामा अनुवाद गरी नेपालभाषाको दैनिक विश्वभुमि पत्रिकाको परिशिष्टाङ्क शुक्रबाःया तँसापौ मा धारावाहिक रुपमा प्रकाशन गरेका थिए । ‘विश्वभुमि पत्रिका बन्द हुन जाँदा त्यो बेला कथा अपुरो नै रहन गएको थियो । अहिले पुस्तकको रुपमा यसले पूर्णता पाउँदा खुसी लाग्यो । यो सरप्राइज गिफ्ट पाउँदा म निकै खुसी छु’ लेखक निर्मलले भने ।

पुस्तकको प्रकाशक लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ र व्यवस्थापक सुरेन्द्र भक्त श्रेष्ठले प्रकाशन गर्छु भन्दाभन्दै ढिला हुन गएपनि लेखककै भीमरथारोहणको अवसरमा पुस्तक प्रकाशन गरेर उपहारको रुपमा दिन पाउँदा निकै गौरवान्वित महसूस गरेको बताए ।

पुस्तक लहना मिडियाले प्रकाशन गरेको छ भने पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ । पुस्तक होम डेलिभरीको व्यवस्था रहेको प्रकाशकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

साँखुको संस्कृति र इतिहास समेटिएका जीवन श्रेष्ठका सात कृति एकैसाथ सार्वजनिक हुँदै

साँखुको संस्कृति र इतिहास समेटिएका जीवन श्रेष्ठका सात कृति एकैसाथ सार्वजनिक हुँदै

२ हप्ता अगाडि
राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक