सोम, साउन २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सातटार बस्तीमा पुगेपछि वर्षौदेखिको पानीको समस्या हट्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सातटार बस्तीमा पुगेपछि वर्षौदेखिको पानीको समस्या हट्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भोजपुर । अरुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि वर्षौदेखिको पानीको समस्या हटेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले एक हजार पाँच सय मिटर तल उचाइमा अरुण नदीको पानी सोलार लिफ्टमार्फत बस्तीमा पुर्याएपछि स्थानीयले सुखको सास फेरेको सातटारेका स्थानीयवासी गजेन्द्र कटुवालले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको आयोजनाको कुल लागत तीन करोड ३७ लाख ५८ रहेको कार्यालयले जनाएको छ । कार्यालयले सङ्खुवासभाको चैनपुर नगरपालिका– ११ मा खहरे सातटारे सोलार लिफ्ट आयोजना सञ्चालन गरेर यहाँका ६४ घर परिवारलाई पानी वितरण गरेको छ । घण्टौँ लगाएर खोलाखोल्सी तथा अरुण नदीबाट डोकोमा बोकेर पानी खाइरहेको अवस्थामा बस्तीमा पानी पुग्दा खुसी लागेको कटुवालको भनाइ छ ।

“सुक्खा क्षेत्र भएकाले यहाँ पानीको अतिनै समस्या थियो”, उहाँले भन्नुभयो, “खोला खोल्सी र कुवाबाट पानीको जोह गर्दै आएका थियौँ । कुवा पनि सुक्न थालेको अवस्था छ । अब भने हाम्रो वर्षौको समस्या अन्त्य भएको छ ।” स्थानीयले भोगिरहेको पानीको समस्या अन्त्यका लागि प्राथमिकताका साथ योजना निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो । योजनाको मुख्य काम सकिएर वितरण सुरु भएको र उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी गरिएको प्रमुख सिंहको भनाइ छ ।

“योजनाको मुख्य काम सकिएको छ”, प्रमुख सिंहले भन्नुभयो, “सबै काम सकिएर बस्तीमा पानी वितरण थालिएको छ । बाँकी साना काम सम्पन्न गरी  समितिलाई हस्तान्तरण गर्ने छौँ ।” सोलार लिफ्ट आयोजना सुरुमा खर्चिलो भए पनि दीर्घकालीन हिसाबले मितव्ययी भएको उहाँको भनाइ छ । खानेपानीका लिफ्ट प्रकृतिका योजना सञ्चालन गर्दा प्रदेश तथा केन्द्र सरकारले सोलार प्रविधिको लिफ्ट आयोजनालाई प्राथमिकता राख्नुपर्ने उहाँको सुझाव छ । “यो योजना सोलार प्रविधिबाट सञ्चालन गरिएको हो”, प्रमुख सिंहले भन्नुभयो, “यस्ता खालका योजना सञ्चालनले उपभोक्ता समितिले बढी महसुल तिर्नुपर्दैन । एक पटक खर्च गरेपछि विद्युत् जस्तो धेरै खर्चिलो हुदैन । सरकारले विद्युतीय भन्दा पनि सोलार प्रविधिलाई जोड दिन आवश्यक छ ।”

बस्तीमा पानीको हाहाकार भइरहेको अवस्थामा योजना सञ्चालनले दैनिक जीवनमा परिवर्तन आएको निर्माण उपभोक्ता समितिले जनाएको छ । योजनाको सम्पूर्ण काम सकेर ६४ घरपरिवारमा पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर कटुवालले बताउनुभयो । उपभोक्ता समितिको चौकीदार बस्ने घरसमेत निर्माण गरिएको छ । योजनाको करिब सम्पूर्ण काम अन्तिम चरणमा रहेको अध्यक्ष कटुवालको भनाइ छ । “पानीको अभावमा यहाँको बस्ती नै खाली हुने अवस्था थियो”, अध्यक्ष कटुवालले भन्नुभयो, “अरुण नदीबाट धमिलो पानी डोकोमा बाकेर खानुपर्ने अवस्था थियो । तर अब पानीको अभावमा भौँतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ । बस्तीमा पानी वितरण थालेका छौँ । योजनाको काम लगभग सकिएको छ ।”

यो पनि पढ्नुहोस्

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

४ दिन अगाडि
वीरगञ्जमा निषेधाज्ञा हट्याे

वीरगञ्जमा निषेधाज्ञा हट्याे

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे `तय्गु खःसा ति अय्लाः लिसा´ म्यूजिक भिडियाे सार्वजनिक

केयुको उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन माग

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

बोलबम यात्राकाे अन्तिम दिन भक्तजन सुन्दरीजलमा भेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक