बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ ।
गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।
‘राप्ती नदीको पानीमा पर्यटन व्यवसाय सञ्चालनका लागि र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरेका थियौं, प्राविधिकहरुले परीक्षण गर्दा र्‍याफ्टिङ सञ्चालन गर्न सकिन्छ भन्नुभएको छ’ पोख्रेलले भने ।
र्‍याफ्टिङ सञ्चालनको अध्ययन तथा परीक्षण कर्णाली र्‍याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा सञ्चालक देवराज जैसी नेतृत्वको टोलीले गरेको थियो ।
नेपालका पश्चिमी भूभागमा पर्ने प्राय सबै नदीहरुमा र्‍याफ्टिङको अध्ययन गरी सञ्चालन समेत गरेका जैशीले राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै र्‍याफ्टिङ सञ्चालन गर्न सकिने जनाए ।

गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुबाङको पुल्चोकदेखि सिसहनिया–महदेवा जोड्ने पुलसम्म राप्ती नदीको करिब १५ किलोमिटर क्षेत्रमा र्‍याफ्टिङ परीक्षण गरिएको थियो । जैसीले भने, ‘राप्ती नदीको बहाव, गहिराइ, साइड सिनलगायतका आधारमा भालुबाङको पुल्चोकदेखि महदेवा पुलसम्मको १५ किलोमिटर क्षेत्रमा ९–१० महिनासम्म र्‍याफ्टिङ चलाउन सकिन्छ ।’

परीक्षणको क्रममा लुम्बिनी प्रदेश सांसद इन्द्रजित चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतले र्‍याफ्टिङ चढेका थिए ।

कर्णाली र्‍याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिले राप्ती नदी क्षेत्रको चकचके–बड्डाँडा, बड्डाँडा–भालुवाङ, भालुवाङ–सिसहनिया र सिसहनिया–लमहीसम्म र्‍याफ्टिङ सञ्चालनको अध्ययन गरिसकेको छ । आइतबार राप्ती नदीकै सिसहनिया–महदेवा पुलदेखि पश्चिम लमहीसम्मको क्षेत्रमा र्‍याफ्टिङ परीक्षण गरिने जैशीले जनाए ।
नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी९नारा०का केन्द्रीय सदस्य समेत रहेका पर्यटन व्यवसायी जैशीले कालीगण्डकीको मुस्ताङको चराङदेखि कागबेनीसम्म, माथिल्लो कर्णालीको सिमकोटदेखि खार्पुनाथसम्म, पश्चिम सेतीको बझाङको थलारादेखि चैनपुरसम्म र देउरा बजारदेखि चिसापानीसम्म, सानीभेरीको रुकुमकोटदेखि रिम्नासम्म, ठूलीभेरीको दुनैदेखि रिम्नासम्म र महाकाली नदीको डडेलधुराको परिगाउँदेखि कञ्चनपुरको बह्मदेवसम्म र्‍याफ्टिङको सफल परीक्षण गरेको जनाउँछन् । लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी सोनामको समन्वयमा राप्ती नदीमा पनि उनैले परीक्षण गरेका हुन् ।

उनले भने, ‘राप्तीमा हामीले गरेको अध्ययनमा वर्षायामको बेला पानीको सतह धेरै नै बढ्ने र नदी धमिलो पनि हुने भएकाले असहज भए पनि बाँकी पूरै ९–१० महिना जलयात्रा गर्न सम्भव छ,’ उनले भने, ‘चैत–वैशाखतिर पानीको सतह घट्ने भएकाले नदीलाई एकै धारमा बगाउने व्यवस्था गर्ने हो भने गज्जब हुन्छ ।’

गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले राप्तीमा जलपर्यटनसँगै नदी किनारका आदिवासी जनजातीहरुबाट उत्पादित सामग्री तथा परिकारहरुको बजारीकरणको राम्रो सम्भावना रहेको जनाए । र्‍याफ्टिङ व्यवसायिक रुपमा सञ्चालन गर्ने हो भने आयआर्जन बढाउन सकिन्छ,’ उनले भने, ‘यसतर्फ वृहत योजना निर्माण गरेर काम गर्नेछौं ।’
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आदिवासी जनजातीलाई जलपर्यटन व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उद्देश्य रहेको भन्दै त्यसका लागि पालिकाले सहयोग गर्ने जनाए ।

यो पनि पढ्नुहोस्

देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

१८ मिनेट अगाडि
बजेटबारे आफूमाथि लागेका आरोपको अर्थमन्त्रीले गरे प्रमाणसहित भण्डाफोर

बजेटबारे आफूमाथि लागेका आरोपको अर्थमन्त्रीले गरे प्रमाणसहित भण्डाफोर

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

मन्त्रिपरिषद् विस्तार जारी

प्रतिनिधिसभा बैठक अहिले बस्दै

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक