मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बुटवल–नारायणगढ खण्ड : सडक निर्माण तीव्र

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बुटवल–नारायणगढ खण्ड : सडक निर्माण तीव्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नवलपरासी  । बुटवल–नारायणगढ सडक निर्माणले गति लिन नसकेपछि जिल्ला प्रशासन कार्यालयले ठेकेदार पक्षलाई काम द्रुत गतिमा गर्न निर्देशन दिएपछि सडकको निर्माण अब रातमा पनि हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदार पक्षसँगको छलफलमा यस्तो निर्देशन दिनुभएको हो। उहाँले अहिलेसम्म भएका कार्यले समयमै सडक बन्न नसक्ने अवस्था आएकाले अब रातमा पनि सडक निर्माणको कार्य थालनी गर्ने र सोका लागि जनशक्तिको व्यापक परिचालन गर्ने गरी काम अघि बढाइएको बताउनुभयो ।

आयोजनाका ठेकेदार पक्षका इन्जिनियर राकेश झाले अब आयोजनाको निर्माण कार्य २४ सै घण्टा गरिने र समयमै निर्माण सम्पन्न गर्न चाइनिज ठेकेदार पनि चिन्तित रहेको बताउनुभयो । प्रजिअ श्रेष्ठले यो आयोजनाको हालसम्म ४३ दशमलव ८६ प्रतिशत काम सकिएको र अब द्रुत गतिमा निर्माणको काम अगाडि बढाइने जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदार पक्षसँगको छलफलमा सहमति भएको बताउनुभयो ।

यसअघि जिल्लाका राजनीतिक दलले समेत सो सडकको निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख जिल्ला अधिकारीलाई सडकको निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा चाइनिज ठेकेदारलाई बोलाएर स्पष्टीकरण लिन सुझाएका थिए।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्डको निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्यो तर ३६ महिनामा सक्ने गरी काम लिएको ठेकेदार कम्पनीले अहिले ६० महिना पुग्न लाग्दा पनि काममा तीव्रता दिन नसकेपछि आलोचित हुँदै आएको छ ।

२०७५ साल असार महिनामा यो सडकको ११३ किलोमिटर निर्माण गर्ने गरी ३६ महिनामा सकिने गरी चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोडमा ठेक्का लिएको थियो। आयोजनाको बुटवल–नारायणगढ सडकखण्डका प्रमुुख इन्जिनियर आशिष थापामगरले २०७८ साल साउनमा सम्पन्न गर्ने सम्झौता भए पनि ६० महिनामा ४३.८६ प्रतिशत मात्र सम्पन्न भएको बताउनुभयो ।

सडकखण्डमा चाइना कन्स्ट्रक्सनले काम गरेको ६० महिना भइसक्यो काम भएको ४३.८६ प्रतिशत मात्रै पुगेको छ। अहिले ३३० दिनका लागि पुनः म्याद थपिएको छ। यो अवधि भनेको आगामी २०८१ असार १० गते हो र त्यो अवधिमा पनि काम सकिन्छ भन्ने कुनै ग्यारेन्टी नै छैन तर धेरै अप्ठ्यारा काम भने सकिएको थापाको भनाइ छ । इन्जिनियर राकेश झा सडक निर्माणका क्रममा ४९ हजार ८३० रुख कटान गर्नुपर्ने देखिएको तर इआइए प्रतिवेदनमा २९ हजार मात्र रुख कटान हुनुपर्ने आएको र बिजुली र खानेपानीको समस्या पनि उत्तिकै रहेकाले सडक निर्माणमा ढिलाइ भएको बताउनुहुन्छ।

अहिलेसम्म नारायणगढ–दाउन्नेसम्मको खण्डमा १८ किलोमिटर डबल लेनको कालोपत्रे सम्पन्न भएको छ । २१५ वटा क्रस डेनेज (साना कल्भर्ट) मध्ये १६७ सम्पन्न भएको र बाँकी पनि सम्पन्न हुने चरणमा रहेका छन् । २२ वटा साना पुलमध्ये २० वटा सम्पन्न भएका र बाँकी दुई वटा पनि एक महिनाभित्र सकिने आयोजनाको भनाइ छ ।

नेपाली पक्षका आयोजना प्रमुख इन्जिनियर आशिष थापामगरले यो आयोजनामा रकमको कुनै अभाव नरहेको र दुई दिनमा बिल पेस गरेको आधारमा भुक्तानी दिने गरेको बताउनुभयो । नारायणगढ–बुटवल सडकखण्डको ११३ किलोमिटर सडक हालको दुई लेनलाई बढाएर चार लेनको बनाउने, बजार क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेनसम्मको सडक विस्तार तथा स्तरोन्नति गर्ने गरी निर्माण सुरु भएको जनाइएको छ।

यो सडकका कारण सडक छेउछाउमा बस्नै नसकिने गरी धुवाँ धुलोले सडक छेउका घर कुरूप बनाएको छ भने सडक छेउका करिब दुई हजार व्यवसायी विस्थापित भएको कावासोतीका गोपाल बस्ताकोटीले बताउनुभयो। गाेरखापत्र

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक