सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

सरकारको एक वर्षमा प्रचण्ड थप अलोकप्रिय !

देश अस्तव्यस्त र संकटमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सरकारको एक वर्षमा प्रचण्ड थप अलोकप्रिय !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एकवर्षे कार्यकाल आफू नेतृत्वको सरकार जोगाउनमै बित्दा देश भने थप अस्तव्यस्त र संकटमा परेको छ । यस अवधिमा सरकारको काम शून्यसरी हुँदा देश र जनताको एक वर्ष भने थप बर्बाद भएको हो । यसबीचमा सरकारको कामबाट सत्ता गठबन्धनका दलमा नै असन्तुष्टि, सुशासनमा विकृति देखिएको छ भने सरकारका मन्त्रीहरु पनि गुमनाम जस्ता देखिएका छन् । संकटग्रस्त अर्थतन्त्रका बीच सरकारको बागडोर सम्हालेका प्रचण्डले न अर्थतन्त्रमा सुधार ल्याउन सके, न त विकास निर्माणमा सरकारी खर्च न बढाउन सके ।

संघीय व्यवस्थालाई बल पुग्नेगरी कानुन निर्माणमा पनि सरकारको उदासीनता देखियो । आमचुनावपछिको एक वर्ष देशमा चरम भ्रष्टाचार छ, बेथिति छ, अस्थिरता छ । प्रचण्ड प्रधानमन्त्री बनेको यो एक वर्ष बीचमा जनतामा चरम निराशा छाएको छ, राजनीतिक अन्योल बढेको छ र अर्थतन्त्र झन् झन् ओरालो लागेको छ । आन्तरिक अर्थतन्त्र चलायमान बनाउने काममा प्रचण्ड पूर्ण असफल रहे । प्रचण्डको सुशासनलाई गिज्याउने अर्को घटना हो– सुन तस्करी अनुसन्धान । त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी भइरहेको पुष्टि हुने घटनाहरू पटकपटक दोहोरिए पनि गहिरो अनुसन्धान गरेर वास्तविक गिरोहसम्म पुग्न प्रचण्ड सरकार चुक्यो । माओवादी नेताहरू जोडिएपछि अनुसन्धान नै रोकियो ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको खुलासा हुँदासमेत उनीमाथि कुनै कारबाही भएन । ल्याइएको सुनलाई छाड्ने, सेटिङ नमिलाई तस्करी गरिएको सुन समात्ने काममै प्रचण्ड सरकारको दिन बितेको छ । नेपाललाई सुन तस्करीको ट्रान्जिटका रुपमा बदनाम बनाइएको छ । आफ्ना निर्दोष कार्यकर्ताको निर्मम हत्या गरिएको गौर हत्याकाण्डको अनुसन्धानलाई पनि प्रधानमन्त्री प्रचण्डले सत्ता सौदाबाजीकै औजार बनाए । सरकारले अर्थतन्त्रमा जतिसुकै सुधारको भाषण गरे पनि सूचकांकहरूले यसको पुष्टि गर्दैनन् । किनकि शहरी क्षेत्रका ४० प्रतिशतभन्दा धेरै सटर बन्द हुने स्थितिमा पुगे ।

आर्थिक संकटको कहालीलाग्दो यो स्थितिमा सुधार ल्याउने गरी प्रचण्ड सरकारले कुनै नयाँ योजना ल्याउन सकेन । बिग्रेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने अनेक प्रयत्न गरेको दाबी प्रचण्डको छ । तर, कार्यान्वयन र नतिजामुखी बजेट ल्याउन नसक्दा उनको कार्यकालको एक वर्ष आर्थिक मन्दी र निराशामै बित्यो । उल्लेखनीय रुपमा जनतामुखी काम गर्न नसक्नु र भाषिक गोलमटोलमा जनतालाई भुल्याउनु प्रचण्डको साझा चरित्र बनेको छ । कानुनी राज्यको सवालमा प्रधानमन्त्री प्रचण्डले बारम्बार पदीय मर्यादाको खिल्ली उडाइरहेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरू विप्लव र खड्गबहादुर विश्वकर्माविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनी विश्वकर्मालाई बालुवाटार बोलाएर भेट्छन् ।

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला ग¥यो । फैसलाको पूर्णपाठसमेत नआउँदै चौधरीलाई प्रचण्ड सरकारले आममाफी दिलायो । प्रधानमन्त्री प्रचण्डले कार्यकालको शुरुआती १०० दिन सत्ता समीकरण हेरफेर, प्रदेश सरकार बनाउने, भत्काउने र मन्त्रीहरूको भागबण्डामै बिताए । त्यसपछि पनि उनको अधिकांश समय सरकार टिकाउने र प्रतिपक्ष रिझाउनेमै बित्यो । गठबन्धन र गठबन्धनमार्फत प्रधानमन्त्री पद जोगाउन प्रचण्ड सम्झौतापरस्त हुन थालेका छन् । पद जोगाउनुलाई नै प्रमुख उद्देश्य बनाउनेबाट जनताका लागि काम होला भन्ने आशा कसरी गर्न सकिन्छ ? यो एक वर्षको कार्यकालमा प्रचण्डले जे जस्ता सफलताको दाबी गरे पनि जनताले अनुभूत गर्नेगरी काम नभएको सबैले महसूस गरेका छन् । उनले भनेको जलविद्युत् क्षेत्रको उपलब्धि केवल भारतलाई विद्युत् विक्री गर्न भएको सम्झौता मात्र हो ।

उत्पादन बढाउने काम प्रचण्ड सरकारले गरेको छैन । त्यसैले प्रचण्ड सरकारको काम कुर्सीमा बस्ने र दैनिक प्रशासन चलाउनेभन्दा माथिको हैसियतमा पुगेको छैन । मुलुकको आवश्यकता परम्परागत ढर्रा लत्याएर प्याराडाइम सिफ्टमा लैजानु हो । तर, यसतर्फ उनको सरकारले केही पनि गर्न सकेको छैन । आन्तरिक उत्पादन बढाउने काम भएका छैनन् । अल्झिएर बसेका पूर्वाधार निर्माणलाई गति दिन त्यसका गाँठा फुकाउने काम पनि भएको छैन । उखु किसानका समस्या समाधान गर्न र चिनीको समस्या समाधान गर्ने जस्ता सामान्य समस्या समेत समाधान नहुनु विडम्बना हो ।

आर्थिक विकासका लागि गति दिन संरचनात्मक परिवर्तनका लागि उनको सरकारले कुनै चासो दिएन । सत्ता सञ्चालनको १ वर्षपछि नयाँ नयाँ काम गर्छु भनेर प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन् । तर उनले गर्छु भनेका काम नयाँ होइनन् । ती काम सत्ता सम्हाले लगत्तै गर्न सरकारलाई केले रोक्यो ? एक वर्ष सत्तामा बसेपछि यसो गर्छु र उसो गर्छु भन्नु चुनावी घोषणा जस्तै देखिन्छ, जसको कार्यान्वयन कहिल्यै हुँदैन । यो काम गरिँदै छ, यसो हुँदै छ, पहल हुँदै छ, छलफल थालिएको छ, जस्ता अमूर्त शब्दावली प्रयोग गरेर के के न काम गरेको छु भनी देखाउनु प्रचण्ड सरकारको अकर्मण्यता र असफलता सिवाय केही होइन । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

१७ घण्टा अगाडि
देउवा पक्षले अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय

देउवा पक्षले अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक