सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

मुख्यमन्त्री कार्कीले टिकट काटेर एक्स्पो अवलोकन गरे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मुख्यमन्त्री कार्कीले टिकट काटेर एक्स्पो अवलोकन गरे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ / विराटनगरको एक होटलमा बुधबार श्रमको सम्मान हुँदा मुलुक विकास हुन्छ भन्दै अभिव्यक्ति दिएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अपराह्न एक ब्यापारिक मेलामा भेटिए।

विराटनगरको शंकरपुरमा पुस १६ गतेसम्म आयोजना हुने मोरङ व्यापार संघ टे«ड एक्स्पो २०२३ मा स्थलगत निरीक्षणमा मुख्यमन्त्री केदार कार्की पुगेका थिए।
सुरक्षा तामझाम नगरी सामान्य तवरमा उनले एक्स्पोको टिकट खरिद गरी एक्स्पो प्रवेश गरेका थिए। बिहान एक होटलमा आयोजित सामाजिक विकास मन्त्रालयको कार्यक्रममा श्रमको सम्मान गर्नुपर्नेमा जोड दिएका मुख्यमन्त्री कार्कीले आमनागरिकसरह व्यक्तिगत, आफ्नो सचिवायल, सुरक्षाकर्मी गरी १२ जनाको टिकट खरिद गरी ट्रेड एक्स्पोमा प्रवेश गरेका थिए।

मुख्यमन्त्री कार्कीले भने, ‘सबै श्रमको सम्मान हुनुपर्छ। यहाँ पनि आर्थिक क्षेत्र चलायमान बनाउन निजी क्षेत्र लागिपरेको छ। यसको सम्मानमा टिकट काटेर अवलोकन गरे। मलाई लाग्छ टिकट काटेर आउनुले उत्साहित नै बनाउनेछ।’

आयोजक ट्रेड एक्स्पो तथा मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले भने, ‘टिकट काटेरै यस्ता आयोजना अवलोकन गर्नुपर्छ भन्ने सन्देश दिन मुख्यमन्त्रीले प्रयास गर्नुभएको हो। यसलाई हामी सबैले अनुसरण गर्न आवश्यक छ।’

अध्यक्ष रिजालले भने, ‘विराटनगरमा हुने विभिन्न कार्यक्रममा निःशुल्क तथा पासको माग गर्नेको संख्या अधिक हुने हुँदा मुख्यमन्त्री आफैँले टिकट काटेर एक्स्पो अवलोकन गर्न आउनुभएकोमा हामी आयोजक र व्यवसायी उत्साहित भएका छौँ।’

अध्यक्ष रिजालले सुस्ताएको आर्थिक क्षेत्रलाई केही चलायमान बनाउन सकिने उद्देश्यसहित विषम परिस्थिति जान्दाजान्दै पनि एक्सपो आयोजना गरिएको बताए। अपराह्न ५ बजे एक्स्पोमा प्रवेश गरेका मुख्यमन्त्री कार्की आधा घण्टाको समय बिताएको उनका स्वकीय सचिव दिवस राजवंशीले जानकारी दिए।
यसक्रममा मुख्यमन्त्री कार्कीले स्वदेशीदेखि विदेशी उत्पादनबारे चासो राखेका थिए। एक्स्पोमा रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रोजगारी सूचना केन्द्रदेखि साना घरेलु उद्योग र हस्तकला उत्पादनबारे चासो लिएका थिए।

हालसम्म करिब ८० हजार सर्वसाधारणले अवलोकन गरेको आयोजक पक्षले जनाएको छ। पुस ६ गतेदेखि १६ गतेसम्म हुने एक्सपोमा २ सय बढी ब्यापारिक स्टल छन्। भारत, पाकिस्तान, बंगलादेशलगायत छिमेकी राष्ट्रका विभिन्न उत्पादनसँगै स्वदेशी कृषि, औद्योगिक तथा सेवा क्षेत्रका उत्पादन प्रदर्शन र बिक्रीमा राखिएका छन्।

यो पनि पढ्नुहोस्

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

६ घण्टा अगाडि
ईरानमाथि साम्राज्यादी आक्रमणको निन्दा र भत्र्सना : तत्काल युद्ध रोक्न नेकापको माग

ईरानमाथि साम्राज्यादी आक्रमणको निन्दा र भत्र्सना : तत्काल युद्ध रोक्न नेकापको माग

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक