काठमाडौं। मन्त्रिपरिषद्को बैठक बस्दै छ।
आज दिउँसो तीन बजे बस्ने बैठकमा केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्ने जनाइएको छ।
आजको बैठक नियमित भएको र मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।