मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सार्वजनिक बिदाको दिनमा बाँके प्रशासनको छड्के अनुगमन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सार्वजनिक बिदाको दिनमा बाँके प्रशासनको छड्के अनुगमन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खजुरा । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार ख्रीष्टमस डे र मङ्गलबार उँधौली पर्व-धान्य पूर्णिमाको अवसरमा दिइएको सार्वजनिक बिदाका दिनमा पनि जिल्लाका केही सरकारी कार्यालयहरूमा काम कारबाही भए नभएको बारेमा छड्के अनुगमन तथा निरीक्षण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल सरकारले प्रकाशित गरेको राजपत्र अनुसार सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था बमोजिम तोकिएका कार्यालयहरूले तोकिएका केही सेवाहरू सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गर्नुपर्ने हुँदा बिदाका दिनमा जनतालाई सेवा प्रवाह भए नभएको सम्बन्धमा सोमबार र मङ्गलवार केही कार्यालयहरूको छड्के अनुगमन तथा निरीक्षण गरिएको बताउनुभयो ।

सार्वजनिक बिदाका दिनमा मालपोत, नापी, यातायात, करलगायतका अन्य कार्यालयहरूले जनतालाई सेवा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ र नायव सुब्बा बेदेस्वर गौतमको टोलीले सोमबार विभिन्न आठ वटा सरकारी कार्यालय र मङ्गबार नौ वटा सरकारी कार्यालयको निरीक्षण गरेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार सोमबारको अनुगमन तथा निरीक्षणका क्रममा नापी कार्यालय कोहलपुर, यातायात कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय कोहलपुर, मालपोत कार्यालय नेपालगन्ज र नापी कार्यालय नेपालगन्जले कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गरेको पाइएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय र इलाका प्रशासन कार्यालय कोहलपुरले सेवा सञ्चालन गरेको नपाइएकाले आइन्दा सार्वजनिक बिदाका दिनमा सेवा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी मङ्गलबार अनुगमन गरिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपाल टेलिकमको कार्यालय, नेपाल बैङ्क लिमिटेड सिटी अफिसको कार्यालय, जिल्ला हुलाक कार्यालय, नेपाल विद्युत् प्राधिकरण र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गरेको पाइएको प्रजिअ पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार भेटेरिनरी अस्पतालमा सेवा सञ्चालन नभएको पाइएकाले तत्कालै कार्यालय सञ्चालन गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको तथा सङ्घीय खानेपानी आयोजनामा सेवा सञ्चालन नभएको पाइएपछि सेवा प्रवाह गर्नका लागि व्यवस्था मिलाउन निर्देशन दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनमा सेवा निरन्तर प्रवाह गरिरहेको बताउँदै प्रजिअ पोखरेलले प्रशासन कार्यालय जिल्लाको एक नियामक निकायको हैसियतले विभिन्न सरकारी कार्यालयको निरीक्षण गरिएको र ती कार्यालयले सबै बिदाका दिनमा जनतालाई सेवा प्रवाह दिनुपर्ने बताउनुभयो । गजेन्द्र गुरुङ  गाेरखापत्र

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक