काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले २ सय ५ औँ कविता वाचन श्रृंखला सम्पन्न भएकाे छ ।
शनिबार ललितपुरको इमाडोलमा आयोजित उक्त कार्यक्रममा कवि तुलसी दिवस र शैलेन्द्र साकारले साहित्यकार एवम् साहित्यिक पत्रकारहरू किशोर पहाडी र वियोगी बुढाथोकीलाई विशेष सम्मान समर्पण गरेका थिए ।
कार्यक्रममा कवि दिवस, कवि साकार, पहाडी, बुढाथोकी सहित सुनिता अधिकारी, रुबिना रानामगर, जुमन किरण, विनोद खत्री आकाश, सूर्य बस्नेत, नानीमैयाँ अधिकारी, सुधा मिश्र, मणिराज सिंहले मन्तव्यसहित आआफ्नो कविता, गीत, गजलहरू वाचन गरेको अध्यक्ष सिंहले जानकारी गराए ।