काठमाडाैँ / नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। बराबरीपछि ललितपुरले अपराजित यात्रा कायम राख्यो।
प्रतियोगितामा चौथो बराबरी खेलेको ललितपुर १० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा कायम रह्यो। झापाले भने बुटवल लुम्बिनी समान ७ अङ्क बनाए पनि गोल अन्तरमा अघि रहँदै पाँचौँ स्थानमा उक्लियो। झापाको समेत यो चौथो बराबरी हो।
दुबै टिमले आफ्नो छैटौं खेलमा गोलका केही सुन्दर मौका बनाए पनि गोल गर्न असफल हुँदा गोलरहित बराबरीमानै चित बुझाउनु पर्यो। दशरथ रंगशालामा भएको एनएसएलको ५०औं खेलमा दर्शकका लागि टिकटमा ५० प्रतिशत छुटको ब्यबस्था भएपनि दर्शकहरुले छुटको फाइदा लिएर रङ्गशाला पुग्न कस्ट गरेन्न।
ललितपुर खेलको सुरुवातमानै राम्रो अवसरबाट बञ्चित भयो। चौंथो मिनेटमा दिनेश हेन्जनको प्रहार क्रसबारमा लाग्दा झापा सुरुवातमै गोलखानबाट जोगिएको थियो। त्यसपछि दुबै टिमले खेलअवधिभर गोलका प्रयास गरेपनि बललाई जाली चुमाउन भने सकेनन्।