मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कोप–२८ सम्पन्न : हिमालका मुद्दा स्वीकार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कोप–२८ सम्पन्न : हिमालका मुद्दा स्वीकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दुबई  । संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) ले हिमाल र हिमाली अर्थतन्त्रको विषयलाई पहिलो पटक स्वीकार गरेको छ । जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने र हरितगृह ग्यास उत्सर्जनमा नियन्त्रण गर्न विभिन्न ऐतिहासिक निर्णय पारित गर्दै सम्मेलन सम्पन्न भएको छ ।

नेपालले कोपनहेगनमा सञ्चालन भएको जलवायु विश्व सम्मेलनमा सन् २००९ देखि उठाउँदै आएको जलवायु परिवर्तनले हिमालमा पारेको असर र हिमाली अर्थतन्त्रको विषयलाई यस पटकको जलवायु विश्व सम्मेलनले प्रस्तावनामै उल्लेख गरेर पर्वतीय मुलुकको मुद्दालाई विशेष ढङ्गले हेर्नुपर्ने कुरा पारित गरेको छ ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार सम्मेलनले प्रस्तावनामै नेपालले उठाउँदै आएको हिमाल र हिमाली अर्थतन्त्रको विषय समेटिनु सुखद एवं ऐतिहासिक घटना हो ।

डा. उप्रेतीले भन्नुभयो, “विश्व मञ्चमा पहिलो पटक हिमाल र हिमाली अर्थतन्त्रको विषयको पहिचान स्थापित भयो । यहीकारणले पर्वतीय मुलुकको विषय औचारिक रूपमा अन्तर्राष्ट्रियकरण हुन पुगेको छ ।”

अर्का जलवायुविज्ञ डा. विमल रेग्मीले भन्नुभयो, “नेपालले लामो समयदेखि उठाउँदै आएको हिमालको मुद्दा अनुकूलनको विश्वव्यापी लक्ष्य (ग्लोबल गोल अन अडेप्टेसन) मा पहिलो पटक समेटिएको छ । यसलाई सकारात्मक मान्नु पर्छ । कोपको वैज्ञानिक संरचना (सास्टा) मा पनि जलवायु परिवर्तनको असर र हिमालको विषयलाई छलफल गराउने निर्णय हुनु नेपालका लागि ऐतिहासिक विषय हो ।”

त्यसै गरी वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले दुबई सम्मेलनले पर्वतीय मुलुकको विषयलाई पहिचान दिएको र भविष्यमा पनि छलफलको विषय बनाएको घटनालाई हालसम्मको ठुलो उपलब्धि भएको बताउनुभयो ।

विश्व सम्मेलनले सन् २०२४ भित्रै जलवायु परिवर्तन र पर्वतीय मुलुकका मुद्दामा विषयविज्ञ, वैज्ञानिकहरूको छुट्टै सम्मेलन गर्न पनि निर्देशन दिएको छ । जलवायु परिवर्तनले हिमाली मुलुकमा भएको असर, क्षति तथा लाग्ने वित्तीय व्यवस्थापनका विषयमा सो विज्ञ सम्मेलनमा छलफल हुने र त्यसले विश्व समुदायलाई दबाब दिन सहज हुने अनुमान गरिएको छ ।

यसअघि नेपालले पर्वतीय मुलुकमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद गराउने निर्णय गरेको थियो । विश्वका विज्ञ, वैज्ञानिक, अध्येता तथा नीति निर्माण तहमा बस्ने सरोकारवालाको सहभागितामा गरिने भनिएको सगरमाथा संवाद कोभिडका कारण स्थगित भएको थियो ।

कार्बन उत्सर्जनमा थप कडाइ

यो शताब्दीको आधासम्ममा कार्बन उत्सर्जनलाई अन्त्य गर्ने कुरामा जलवायु विश्व सम्मेलनमा सहमति भएको छ । जलवायु विश्व सम्मेलन अवधिभर वार्तामा संलग्न जलवायुविज्ञको वार्तापछि सम्मेलन यो निष्कर्षमा पुगेको छ । दुई सयभन्दा बढी वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा जलवायुविज्ञ वार्ताकार सहभागी भएका सो कार्यको अन्तिम रूपमा कार्बन उत्सर्जनलाई शताब्दीको अन्त्यसम्म नभई शताब्दीको मध्यतिरै घटाउन पहल गर्ने कुरामा सहमति भएको छ । तापक्रम घटाउने र मानव जगत्लाई सुरक्षित राख्ने कुरामा सबै मुलुकले दुबई सम्मेलनमा एकता प्रदर्शन गरेका छन् ।

विश्वको पहिलो ग्लोबल स्टेकटेको निर्णयका साथ विश्व तापक्रम १.५ डिग्री सेल्सियस कायम राख्न सबै मुलुकले आआफ्नो तहबाट भूमिका खेल्नुपर्ने र जलवायु परिवर्तनको विषय बेवास्ता गर्न नहुनेमा पनि जोड दिएको छ ।

जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न जलवायु वित्तलाई दोब्बर पार्दै लैजाने कुरामा पनि विकसित मुलुक सहमत भएका छन् । नेपाल जस्ता कम विकसित मुलुकले जलवायु अनुकूलनका कार्यक्रममा जोड दिँदै आएको छ ।  गाेरखापत्र

 

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक