बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

असई थमन विक हत्या प्रकरणः ७ जनालाई जन्मकैद, एमाले सांसद कोइरीलाई सफाइ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
असई थमन विक हत्या प्रकरणः ७ जनालाई जन्मकैद, एमाले सांसद कोइरीलाई सफाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज – मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले अदालतबाट सफाइ पाएका छन्।

अदालतले विकको हत्याको आरोपमा मुद्दा दायर गरिएका २८ जनामध्ये सांसद कोइरीसहित पवन कापरले पनि सफाइ पाएका छन्। जिल्ला अदालत महोतरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनीहरुलाई बिहीबार सफाइ दिएको हो।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको अदालतकी श्रेस्तेदार नुतन झाले जानकारी दिइन्। उनका अनुसार शर्मासहित ७ जनालाई जन्मकैदको फैसला भएको छ। बाँकी १६ जना भने अझै फरार रहेका छन्।

जन्मकैदको सजाय पाउनेमा शर्मासहित सञ्जयकुमार साह, प्रदिप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र भन्ने शंकर शाही र सुरेश पाण्डे छन्।

०७२ भदौ २५ गते विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। सोही वर्ष फागुन २७ गते जिल्ला अदालत महोतरीमा कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

हेटौँडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए। घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए।

०७४ साल मंसिर ४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट सांसदमा चुनाव जितेका कोइरी ०७२ सालको मधेस आन्दोलनका बेलामा मधेसवादी दलमा आबद्ध थिए।

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

७ दिन अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

एमालेको बैठक सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक