काठमाडौं – जारी एनएसलमा सबैभन्दा बढी आलोचित बनिरहेका रेफ्रीका लागि बुधबार दशरथ रङ्गशाला आफ्नै कारण झनै चुनौतीपूर्ण बन्यो। स्पोर्टिङ इलामलाई शीर्ष चारको दौडमा जित्नै पर्ने दबाब रहेको खेलमा अधिकांस समय १–१ गोलको बराबरीमा चलिरहेको थियो। तर, इन्जुरी समयमा एक विवादास्पद पेनाल्टीमा बिरगन्ज युनाइटेडले इलाम विरुद्ध अग्रता बनायो। जसले इलामो शीर्ष चारको सम्भावना थप कमजोर बनाइदिएको छ।
सबैभन्दा स्पष्ट रुपमा इलामविरुद्ध विरगन्जलाई किन पेनाल्टी दिइयो भन्ने प्रश्न इलामका खेलाडीहरुले पचाउन सकेनन्। स्पष्ट रुपमा हेन्ड पनि थिएन भन्ने डिबक्स भित्र फल थिएन्। स्पष्ट हेन्डबल पनि नेखिएको बलमा किन पेनाल्टी दिइयो यो प्रश्न स्वfभाविक थियो। तर, इलामका खेलाडीहरु यति आक्रोशित बनेकी उनीहरुले अन्तिम ह्विसल बजेपछि पनि आफ्नो आवेग कन्ट्रोल गर्न नसक्दा। मार्की खेलाडी तथा कप्तान विकेश कुथु समय सकिएपछि रेफ्रिसँग ‘डिसकस’ गर्न पुग्दा रातोकार्ड पाएर मैदानबाट बाहिरिए। त्यसअघि अफिसियल पनि रातो कार्ड पाएका थिए।
समग्रमा रेफ्रिको यो निर्णयमा सम्भवत इलामले गम्भीर ‘प्रोटेस्ट’ अबश्य गर्ने छ। तर ठूलो रकम खर्चिएर करोडौं लगानी गरेका क्लब अन्तिम समयमा हुने रेफ्रिको हठात निर्णयको सिकार बनेभने खच्चकिंदो फुटबलमा लगानिकर्ताको मानसिक्ता स्वभाविक रुपमा कमजोर हुनेछ।
समग्रमा रेफ्रीविरुद्ध आलोचनाको पारो बढीरहँदा अङ्क तालिकामा बढ्दो प्रतिस्पर्धाले रेफ्रिमाथि चुनौती छ। यद्यपि बुधबार विरगन्जले विवादित पेनाल्टीकै साहरामा किन नहोस् पाँचै खेलमा पहिलो जित दर्ता गरेको छ। जारी लिग अङ्क तालिकाको पुछारमा रहेको विरगन्जले कम्तिमा एक स्थान सुधार गर्दै इलामलाई पुछारमा पठायो भने आफू आठौं स्थानमा उक्लियो।
खेलमा आशिष चापागाँइको गोलमार्फत इलामले १५ मिनेटमानै अग्रता बनाएको थियो। तर पहिलो हाफमानै बराबरी गोल फर्काउन वीरगन्ज सफल भयो। बिरगन्जका लागि विशाल गुरुङ्गले ३३ औं मिनेटमा बराबरी गोल गरे। तर अन्तिम समयमा पाएको विवादीत पेनाल्टीले विरगन्जले तीन अङ्क पायो। विरगन्जका लागि विलियम ओपोकुले उक्त पेनाल्टी सदुपयोग गरेका थिए। जितपछि विरगन्जको ५ खेलबाट पाँच अङ्क भएको छ।