मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वादी समुदायको ठुलो सङ्ख्या भूमिहीन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वादी समुदायको ठुलो सङ्ख्या भूमिहीन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रजनी योगी

सुर्खेत, मङ्सिर २८ गते । कर्णाली प्रदेशभित्र बसोबास गर्ने वादी समुदायको ठुलो सङ्ख्या भूमिहीन रहेको पाइएको छ । बादी समुदायको विकास र उत्थानका लागि गठित कार्यदलले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यो समुदायमा भूमिको समस्या मुख्य रहेको बताइएको छ ।

सात जिल्लाका दुई हजार चार सय नागरिकसँग प्रत्यक्ष रूपमा समूहगत छलफल गरेर प्रतिवेदन तयार पारिएको अध्ययन टोलीकी सरस्वती सापकोटाले बताउनुभयो । उहाँका अनुसार सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, जाजरकोट, सल्यान र रुकुमपश्चिमका बादी घरपरिवार भूमिहीन रहेको पाइएको छ । अधिकांश नागरिक ऐलानी, पर्ती, सरकारी जग्गामा बसोबास गरिरहेको र केही परिवार मात्र निजी स्वामित्वको जमिनमा बसे पनि उनीहरूको खेतीयोग्य जमिन नरहेको देखिएको छ । ऐलानी जग्गामा बसोबास गरिरहेका दैलेखको नारायण नगरपालिका र रुकुमपश्चिमको बादी बस्ती पहिरोको उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । २०६८ को जनगणना अनुसार कर्णालीमा पाँच हजार ४२१ वादी समुदाय रहेको पाइएको छ ।

मजदुरी नगरी छाक टर्दैन

दैलेखको दुल्लु नगरपालिका–७, पटाङ्गिनीका बादी समुुदाय केही वर्षअघिसम्म मादल बनाएर गाउँघर डुलाउँदै बेच्थे । यो उनीहरूको पुख्र्यौली पेसा पनि हो । पछिल्लो समय त्यहाँका बादी समुदायले पुख्र्यौली पेसा छोड्दै गएका छन् । स्थानीय विस्ना बादीले मादल बनाउने पेसा नै सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “मादल बनाउने हाम्रो पुख्र्यौली पेसा हो, अहिले केहीबाहेक अधिकांशले यो पेसा छोडिसकेका छन् ।”

व्यावसायिक रूपले फाइदा नहुने देखिएपछि बिस्तारै बादी समुदायमा मादल बनाउन छोडिएको हो । बादी समुदायको परम्परागत पेसा सङ्कटमा परिरहेको छ । परम्परागत पेसासमेत लोप हुन थालेपछि बादी समुदायको आर्थिक अवस्था दयनीय बन्दै गएको छ । उनीहरू पछिल्लो समय ज्याला मजदुरी, खोलामा गिट्टी कुट्ने, बालुवा निकाल्ने, माछा मार्नेजस्ता काम गरेर जीविकोपार्जन गर्न बाध्य छन् । नमुना बस्ती दैलेखकी पवित्रा बादीले बजारमा गाडीको सामान लोड तथा अनलोड नगरे छाक नै नटर्ने बताउनुभयो । कतिपय युवा, युवती तथा महिला मौसमी रोजगारीका लागि भारत जाने गरेको उहाँको भनाइ छ । उच्च गरिबीका कारण विद्यालय जाने उमेर समूहका बालबालिकासमेत कामको खोजीमा भारत जाने तथा देशभित्र पनि जोखिमपूर्ण मजदुरी गरिरहेका छन् ।

झन्डै ५३.९५ प्रतिशत बादी समुदायका व्यक्ति कामको खोजीमा देशभित्रै भौँतारिरहेको र नौ प्रतिशत कामको खोजीमा भारत जाने गरेको अध्ययनले देखाएको छ । अध्ययनले वर्षभरि खान पुग्ने बादी समुदायको सङ्ख्या करिब २५ प्रतिशत रहेको देखाएको छ । बाँकी ७५ प्रतिशत बादी समुदाय भोकको चपेटामा पर्ने गरेका छन् । नियमित आम्दानीको स्रोतको अभावले गाँस, बास र कपासको समस्या, गरिबी, सामाजिक विभेदजस्ता कारणले आत्महत्यामा वृद्धि भएको अध्ययनले देखाएको छ ।

राज्यबाट प्रदान गर्ने आधारभूत सुविधा तथा सेवामा पहुँचमा बादी समुदाय पुग्न सकेको छैन । गरिबी तथा अशिक्षाको कारण विद्यालय जाने उमेर समूहका बादी बालबालिका शिक्षाबाट टाढै छन् । बादी समुदायका ५० प्रतिशतभन्दा बढी नागरिकहरू कुनै न कुनै रोगबाट ग्रसित भएका र त्यसमध्ये २६ प्रतिशत बढी यौनजन्य सङ्व्रmमणबाट ग्रसित भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मौसमी कामको खोजीमा भारत जाने र यौनजन्य रोग लिएर आउने भएका कारण बादी समुदायका महिला तथा पुरुष यौनजन्य रोगबाट पीडित रहेको पाइएको छ ।

दोहोरो विभेद

प्रतिवेदनमा महिला हिंसा तथा घरेलु हिंसा बढी हुने गरेको र देहव्यापारका लागि विभिन्न मुलकमा बेचबिखनमा पर्ने गरेको समेत उल्लेख छ । बादी समुदायमा बालविवाह, बहुविवाह, घरेलुहिंसा, महिलाहिंसा उच्च रहेको देखिएको छ ।

कर्णालीमा बादी समुदायको हकअधिकार सुनिश्चितताका लागि सङ्घर्षशील बादी सङ्घर्ष समितिले २०७७ फागुन ९ गतेदेखि २६ गतेसम्म आवाससहितको खेतीयोग्य जमिन र रोजगारीलगायतका विभिन्न माग राखेर सुर्खेतमा आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा २०७७ फागुन २७ गते बादी सङ्घर्ष समिति र प्रदेश सरकारबिच पाँचबुँदे सम्झौता भएको थियो । प्रदेश सरकारको तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. राजेन्द्र मिश्र र सङ्घर्ष समितिका प्रदेश संयोजक हिक्मत बादीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि कर्णालीमा रहेका बादी समुदायको उत्थान र विकासका लागि प्रतिवेदन पेस गर्न सरकारले कार्यदल गठन गरेको थियो । कर्णालीमा रहेका बादी समुदायको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक शैक्षिक एवं जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्न बनेको कार्यदलले विभिन्न सुझाव दिएको थियो ।

कार्यदलले तयार पारेको प्रतिवेदनमा बादी समुदाय भूमिहीन, सुकुमवासी, अति विपन्नता र आयआर्जन बिमुखता बादी समुदायको प्रमुख समस्या रहेको उल्लेख छ । कार्यदलले सरकारी, पर्ती, ऐलानी र वनको जग्गामा बसोबास गरेका बादी समुदायलाई राष्ट्रिय भूमि आयोगमार्फत आवश्यक कार्ययोजना, मापदण्ड, कार्यविधि, कार्यतालिका र प्रणाली तय गरी पुनस्र्थापना गर्नुपर्ने प्रदेश सरकारलाई सुझाव पेस गरेको छ । बादी समुदायलाई सम्भव भए एकै ठाउँमा एकीकृत नमुना बस्ती बनाएर आवाससहित खेतीयोग्य जमिन उपलब्ध गराउने, सम्भव नभए एउटै जिल्लामा एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउन कार्यदलले सुझाव दिएको छ ।

यो पनि पढ्नुहोस्

एमालेको बैठक सुरु

एमालेको बैठक सुरु

२ घण्टा अगाडि
राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको बैठक सुरु

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

दिन भरकाे यस्ताे छ माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक