शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

इतिहासमै कलंकित र असफल सरकार !

प्रचण्डको बितेको एक वर्ष सर्वत्र निराशा र बाँकी एक वर्ष कस्तो होला ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
इतिहासमै कलंकित र असफल सरकार !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  गतबर्ष सम्पन्न प्रतिनिधिसभा चुनावमा सिटका आधारमा तेस्रो स्थानमा रहेको पार्टी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्न सफल भए पनि उनको एक वर्षसम्मको कार्यकल असफल साबित भएको छ । राजनीतिक, आर्थिक तथा विकास र रोजगारी सृजनाको विषयमा सरकार तथा यसका नेतृत्वकर्ताबाट निशाराजनक उपलब्धि हात लागेको हो । गत पुसमा प्रचण्डले सरकारको नेतृत्व सुरु गर्दै गर्दा नेपालको अर्थतन्त्र ठूलो संकटमा रहेको थियो, हालसम्म पनि अर्थतन्त्रमा उल्लेख्य सुधार आउन सकेको छैन । यस्तो हुनुमा सरकारको मन्त्री पदमा रहेका तमाम नेताहरु र उनीहरुको नेतृत्वकर्ताको हिसाबले स्वयं प्रधानमन्त्री प्रचण्ड पनि जिम्मेवार रहेका छन् ।

चुनावमा माओवादीले कांग्रेससँग गठबन्धन गरेको थियो । त्यसअघि पनि कांग्रेससँगको गठबन्धनमा रहेको माओवादीले चुनावपछि आफूलाई नेतृत्व दिन आग्रह गरेको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफ्नो पार्टीले नै अडान राखेका थिए । सत्ताको यो दाउपेचमा प्रचण्ड भने एमालेको शरणमा पुगे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिपछि उनले रास्वपा, राप्रपा लगायत दलको सहभागितामा सरकार गठन गरे । तर, लगत्तै राष्ट्रपति चुनावमा भने उनले एमालेसँगको गठबन्धन छोडे । कांग्रेससँगको गठबन्धन बनाएर सरकार चलाउन थाले । यसबीचमा उनले संसदमा पटकपटक विश्वासको मत लिइरहनुप¥यो । यसले उनको २–३ महिलाको कार्यकाल सरकार जोगाउनमा नै केन्द्रित रह्यो ।

यद्यपि, सत्ता गुम्ला भन्ने भयले अझै पनि उनलाई छोडेको छैन । पहिलो पार्टी कांग्रेससँगको गठबन्धन टुट्ला वा उसले कुनै अस्वाभाविक माग गर्ला भनेर माओवादीले छुट्टै समाजवादी मोर्चा पनि गठन गरेको छ । यो मोर्चामा माओवादीको अलावा नेकपा एस, जसपा र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि रहेको छ । स्वयं प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा हालै भएको एक कार्यक्रममा सरकार ढाल्ने कसरत भइरहेको आरोप लगाएका छन् । उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको जनाएका हुन् ।

‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’, उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’ प्रचण्डले यसो भन्दै गर्दा उनले ध्यान सरकार बचाउनमा नै केन्द्रित भएको देखिन्छ । प्रचण्ड सरकार गठनको एक वर्षमा देशको अर्थतन्त्रका बाह्य सूचक रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति लगायतमा सुधार देखिए पनि आन्तरिक सूचकांकमा भने कुनै सुधार देखिएको छैन । यसबीचमा न त रोजगारी सृजना, न किसान, श्रमिक तथा न्यून आय भएका जनताका लागि कुनै उल्लेख्य योजना सार्वजनिक भएका छन् । पछिल्लो पटक ९ महिनाका लागि प्रधानमन्त्री हुँदा प्रचण्डले विकास निर्माणका योजनालाई बढाउन सक्रियता देखाए पनि यसपटक भने त्यस्तो सक्रियता देखिएको छैन ।

अर्कोतर्फ, देशमा अझै पनि संक्रमणकालीन न्यायको विषय चुनौतीपूर्ण छ । माओवादी स्वयंले गरेको जनयुद्धको क्रममा राज्य र विद्रोही पक्षबाट मारिएका, बेपत्ता पारिएकाहरुको परिवार अहिले सडकदेखि अदालतसम्म धाउन थालेका छन् । तर, गणतन्त्र स्थापना भएको १६ वर्ष पुग्दासमेत संक्रमणकालीन न्यायको विषय टुंगोमा पुग्न थालेको छैन । प्रधानमन्त्री प्रचण्ड स्वयंले यो विषयलाई टुंगोमा पु¥याउन ढिलाइ भइरहेको स्वीकार गरेका छन् । तर, सरकार भने विदेशी पाहुना आउँदा मात्र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल थाल्ने र काम भइरहेको छ भनेर देखाउने तर अरु बेला भने यसतर्फ ध्यानै नदिने गरिरहेको छ । रोजगारी सृजना, युवाको विदेश पलायन रोक्न असफल भएको प्रचण्ड सरकारको एक वर्षमा विकास निर्माणमा सुधार देखिएको छैन भने एनसेल जस्ता ठूलो ठगी काण्ड बाहिरिएका छन् ।  यसबीचमा सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करीको विषयमा केही काम गर्न खोजेको देखिए पनि अन्य भ्रष्टाचार, अनियमिततामा सरकारको लाचारी देखिएको छ । हालै मात्र नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत सेयर स्वामित्वको कारोबार भयो । एनसेलको स्वामित्व रहेको आजियटाले नेपालीमूलका व्यापारीको कम्पनीलाई यो कारोबार गरेको थियो । तर, विगतमा अर्बौं डलर हालेर उक्त सेयर किनेको आजियटाले अहिले भने ५ करोड डलरमा मात्र सेयर बेचेको थियो । तर, यसबारे उसले नेपाली नियामक निकायलाई भने कुनै जानकारी दिएको छैन ।

विदेशीको स्वामित्वमा भएको कम्पनी भएकाले केही वर्षभित्र नेपाल सरकारको स्वामित्वमा आउने उक्त कम्पनीलाई अहिले सरकार मातहत आउन नदिने प्रयासस्वरुप यो कारोबार भएको देखिन्छ । विगतमा सरकारका नेतृत्वकर्ता र शीर्ष नेतृत्वहरुले एनसेललाई कर छूट लगायत विभिन्न विषयमा सहुलियत दिएका थिए । त्यसैले अहिलेको कारोबारमा पनि नेपाली नेताहरुको आश्वासन र संलग्नता रहेको अनुमान गरिएको छ र यो प्रश्न सिधै प्रधानमन्त्री प्रचण्डतर्फ सोझिएको छ । तर, उनले नियामक निकायलाई सक्रिय गराउनुपर्नेमा यस विषयमा अन्य पूर्वकर्मचारीको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । यसले पनि सरकारको नियतमा आशंका गर्नुपर्ने देखिएको छ । तर, प्रधानमन्त्री स्वयं भने आफूले पहिला भएका भ्रष्टाचारका काण्डभन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गरेको भन्ने दुष्प्रचार गरेकोप्रति आपत्ति जनाएका छन् । प्रचण्ड सरकारकै असफलताका कारण अहिले गणतन्त्रात्मक व्यवस्थाप्रति पनि प्रश्न उठ्न थालेको छ । राजधानीमा नै विभिन्न ठूला प्रदर्शन र जुलुस भएका छन् । यसले पनि प्रचण्ड सरकारमाथि प्रश्नै प्रश्न उठेको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

९ घण्टा अगाडि
मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक