शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो

पशुपतिनाथ मन्दिर क्षेत्रमा शतबीज छर्दै भक्तजन काठमाडौँ, २५ मङ्सिर : काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बालाचर्तुदशीको दिन शतबीज छर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ ।

मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भिड लागेको गाउँपालिकाका प्रवक्ता एवं देवघाट–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए ।

उनले भने, ‘आज  शतबीज छर्नका लागि हिजोेदेखि नै हजारौं सङ्ख्यामा भक्तजन आइपुगेकाले  यहाँको शान्ति सुरक्षाका लागि प्रबन्ध गरेका छौं ।’ शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी थप गरिएको छ । उनले भने, ‘रातिको समयमा उज्ज्यालो बनाउन बत्तीको व्यवस्था र सवारी साधनको सहज व्यवस्थापनका लागि पार्किङको समेत व्यवस्था मिलाइएको छ ।’

प्रवक्ता कुँवरका अनुसार तनहुँका अतिरिक्त गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौं, झापा, सुनसरी, मोरङलगायत जिल्लाबाट भक्तजन आएका छन् ।

देवघाटमा छरिने शतबीजको ठूलो महिमा रहेकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृहरूको उद्धारका लागि  देवघाट आएका छन् ।

भक्तजनको सुरक्षाका लागि दमौली र चितवनबाट प्रहरीहरू थप गरिएको देवघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए ।​

त्रियोदशकीको साँझ देवघाटधाममा पितृजनको सम्झनामा रातभर जागाराम बसेर बत्ती बाल्ने र आज बाला चतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ ।​

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।

सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ ।

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

बजेटमा सकारात्मक पक्षको चर्चा

३ घण्टा अगाडि
‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक