शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

समृद्ध नेपाल निर्माणको लागि एमालेकै सरकार चाहिने : केपी ओली

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पूर्वप्रधानमन्त्री केपीओलीलेअहिले सरकारमा जाने कुनै मनसाय नरहेको जनाउनुभयो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागि एमालेकै सरकार चाहिने जनाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम अन्तर्गत शनिबार गोरखाको आरुघाटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले एमाले सञ्चालन गरेको यात्राको क्रममा पनि यो कुरा प्रमाणित भएको जनाए ।

झुलाघाटदेखि गोरखासम्म आइपुग्दा नेपाली जनताले देखाएको उत्साहजनक सहभागिता र साथ सहयोग प्रति ओलीले धन्यवाद दिए ।

एमाले सरकारमा रहँदा विकासको लहर ल्याएको र राष्ट्रिय आत्मविश्वास बढाएको ओलीले जनाए । नागरिकका विभिन्न खालका समस्या एमाले सरकारले सम्बोधन गरेको उनले दाबी गरे । देश निर्माणको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले जनाए ।

एक स्वतन्त्र र स्वाधीन राष्ट्र भएको नाताले देशको हित र विकासको निम्ति देशको हित हुने गरी सबै राष्ट्रबाट सहयोग लिनुपर्नेमा उनले जोड दिए । अहिले देशको हितमा हुने कतिपय सहयोग समेत नलिएर देश विकासको काम ठप्प पारिएको भन्दै ओलीले आलोचना गरे ।

देश विकासको काम अहिलेको गठबन्धन सरकारले गर्न नसक्ने ओलीले दाबी गरे । ‘त्यस कारण मिसन २०८४ सफल पार्नु पर्दछ, यो गठबन्धनलाई पराजित गर्नुपर्दछ, नेकपा एमालेको एक बहुमतको सरकार बनाउनु पर्दछ’, ओलीले भने ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा रहेका छन् ।

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

१८ घण्टा अगाडि
बालेन नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी

बालेन नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक