सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिलाले नेतृत्व लिएका क्षेत्रमा भ्रष्टाचार कम : ज्येष्ठ नागरिकमन्त्री आचार्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
महिलाले नेतृत्व लिएका क्षेत्रमा भ्रष्टाचार कम :  ज्येष्ठ नागरिकमन्त्री आचार्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाले नेतृत्व लिएका क्षेत्रमा भ्रष्टाचार कम हुने गरेको बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा नेपाल प्रेस युनियन महिला विभागले शनिबार आयोजना गरेको समान सहभागिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तर्क्रियामा उहाँले नेतृत्वमा महिलाको पहुँच बढाउन ल्याइएको समानुपातिक व्यवस्थाको सही सदुपयोग हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन वर्ग र समूहको पहुँच पुर्‍याउने उद्देश्यले समानुपातिक व्यवस्था ल्याइएको थियो । ती वर्ग र समूहको पहुँच पुग्न सकिरहेको छैन । शक्तिशालीले नै त्यसको फाइदा लिइरहेका छन्,” उहाँले आफूले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निकै जोडबल गरेर लैङ्गिक नीति, बालबालिकासम्बन्धी नीति तथा ज्येष्ठ नागरिकसम्बन्धी नीति ल्याएको र ती नीतिले धेरै हदसम्म समस्या समाधान भएको दाबी गर्नुभयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नेपालमा संविधानले प्रदत्त गरेको अधिकार निकै राम्रो भएको र त्यसलाई जोगाउन सबैको पहल हुनुपर्ने बताउनुभयो । उहाँले महिलाका लागि संविधान र कानुनले दिएको अधिकारबारे समाजलाई जानकारी दिनु सञ्चारमाध्यमले भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकार महिलाको वृत्तिविकास र क्षमता अभिवृद्धिका लागि सहयोग गर्न युनियन तयार रहेको बताउनुभयो । युनियनका उपाध्यक्ष सलोजा दाहालले महिलालाई नेतृत्वमा आउन निकै कठिनाइ रहेको बताउनुभयो।

कार्यक्रममा गोरखापत्रका पत्रकार राधा चालिसेले लैङ्गिक समानताका लागि सञ्चारमाध्यमको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै समाचार कक्षमा महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धि गर्न सकेमा महिलाका सवाल अझ प्रखर भएर सञ्चारमाध्यमले उठाउन सक्ने धारणा व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किदै

सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर

५ मिनेट अगाडि
बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न

बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक