आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जीआईएस म्यापिङ प्रविधि भित्रिए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
जीआईएस म्यापिङ प्रविधि भित्रिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली बजारमा अमेरिकी मन्टिन्यासनल कम्पनी इन्भाइरोमेन्टल सिस्टम्स रिसर्ज इन्स्टिच्युट (ESRI) काे भौगोलिक सूचना प्रणाली अर्थात् जीआईएस म्यापिङ प्रविधि भित्रिएकाे छ । हालै काठमाडौंमा ‘ईएसआरआई टेक्नाेलाेजी समिट’ गर्दै कम्पनीले यस्ताे प्रविधि नेपालमा उपलब्ध गराएकाे जानकारी दिएकाे हाे ।

कार्यक्रममा नापी विभाग, केन्दीय्र तथ्याङ्क विभाग, खानी तथा भूगर्भ विभाग, जलविज्ञान, सहरी विकास तथा विभिन्न शैक्षिक संस्थाका अधिकारीहरूको सहभागिता रहेकाे थियाे । साे अवसरमा नेपालले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न र विकासको दृष्टिकोणलाई समर्थन गर्न जीआईएस प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

ईएसआरआईका प्रतिनिधिहरूले विश्वव्यापी नमूनाहरूसहित आर्क जीआईएस (ArcGIS) टेक्नाेलाेजीले प्रदान गर्नसक्ने कामबारे प्रस्तुति दिएका थिए । ईएसआरआई इण्डियाले नेपालका विभिन्न विभागहरूसँग सहकार्य गरी जीआईएसको क्षमता प्रयोग गरी नवीनता, दक्षता र दिगोपन हासिल गर्न सघाउने याेजना ल्याएकाे अधिकारीहरूले उल्लेख गरे ।

यसअन्तर्गत प्राविधिक सहयोग, प्रशिक्षण, परामर्श, क्लाउड र व्यवस्थित सेवा प्रदान गरिने छ । साथै कम्पनीले एप्लिकेसन डेभलपमेन्ट र डेटा निर्माण सेवा प्रदान गर्न नेपालका विभिन्न संस्थाहरूसँग साझेदारी गरेको पनि जानकारी दिइयाे ।

कम्पनीले स्टार्टअप र विकासकर्ताहरूलाई सहयोग गर्ने र नेपालमा जीआईएस प्रविधि प्रयोगकर्ताहरूको समुदाय निर्माण गर्न काम गर्ने लक्ष्य राखेको छ । नियाेटेरिक नेपाल जीआईएस सफ्टवेयरका लागि ईएसआरआई इण्डियाकाे मास्टर रिसेलर रहेकाे छ ।

ईएसआरआई इंकका कर्पाेरेट डाइरेक्टर (इन्टरनेसल अपरेसन्स) डिन एंगेलिडिज भन्छन्  ”ईएसआरआईकाे याे जीआईएस सफ्टवेयर, लाेकल इन्टेलिजेन्स र म्यापिङमा विश्वव्यापी बजारको लिडर हो । यसले १५० देशमा लगभग चार लाख ग्राहकलाई सेवा दिइरहेको छ । याे सफ्टवेयरले विश्वको सबैभन्दा जटिल समस्याहरू समाधान गर्न मद्दत गरिरहेको छ । हामी नेपाल सरकार, व्यवसाय र शिक्षाविदहरूसँग आवद्ध हुन र विभिन्न विभागलाई परिवर्तनकारी नतिजा प्राप्त गर्न जीआईएसको शक्ति प्रयोग गर्न पाउँदा उत्साहित छौं ।”

त्यस्तै ईएसआरआई इण्डियाका प्रबन्ध निर्देशक अगेन्द्र कुमारले भने, ”जिओ स्पाटियल टेक्नाेलाेजीहरूले दिगो अभ्यासहरु प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन । नेपालसँग नजिक भएर ईएसआरआई इण्डियाले नेपालमा जीआईएस प्रयोगकर्ताहरूको बलियो समुदाय निर्माण गर्ने र तिनीहरुलाई अपनाउन सहयाेग गर्ने लक्ष्य राखेको छ । नवीनतम् आर्क जीआईएस(Arc GIS) ले विपद व्यवस्थापन, सहरी योजना, वातावरण संरक्षण, भूमि र प्राकृतिक श्रोत व्यवस्थापन र सुशासनमा सहयाेग गर्न सक्नेछ । हामी स्टार्टअपलाई समर्थन गर्न र नेपालको युवा जनसंख्याका लागि सिक्ने र काम गर्ने अवसर सिर्जना गर्न पाउँदा खुशी हुनेछौं ।”

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १४:०

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

५ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक