आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राँगाको प्रतिमा राखिएको भन्दै विरोध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राँगाको प्रतिमा राखिएको भन्दै विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले परवानीपुरमा राँगाको प्रतिमा राखेपछि अहिले त्यसको विरोध भइरहेको छ। सामाजिक सञ्जालदेखि लिएर विभिन्न राजनीतिक दलका नेता सामाजिक कार्यकर्ताले पनि पहिले हनुमान मन्दिर रहेको स्थानमा राँगाको प्रतिमा राखिएको भन्दै विरोध गरिरहेका छन्।

उक्त स्थानमा राँगाको नभई हनुमानजीको मूर्ति वा अन्य प्रतिमा राख्नुपर्ने स्थानीयवासी पनि बताइरहेका छन्। वीरगञ्ज महानगरपालिकाले मुख्य चोकमै मुर्रा राँगाको प्रतिमा राखेपछि त्यसको विरोध भएको छ।

वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकमा महानगरले राँगाको प्रतिमा राखेको छ। राष्ट्रिय राजमार्गको वीरगञ्ज पथलैया सडकखण्डअन्तर्गत पर्ने परवानीपुर चोकमा राँगाको प्रतिमा राखिएको भन्दै राजनितिक दलहरुले बिरोध गरिरहेका छन्।

उक्त स्थानमा धेरै पहिलेदेखि हनुमान मन्दिर रहेको तर राजमार्ग विस्तारको क्रममा त्यहाँबाट मन्दिर अन्यत्र सारिएपछि अहिले त्यहाँ राँगाको प्रतिमा राख्नु गलत भएको स्थानीयवासीसमेत बताउँछन्।

राँगाको प्रतिमा राखेपछि वर्षांैदेखि हनुमान मन्दिर चोकले परिचित नाम ओझेलमा पर्ने भएको राँगाको प्रतिमा हटाउनुपर्ने स्थानीय एवं राप्रपाका युवा नेता अनिलकुमार कुशवाहाले बताए।

महानगरपालिकाले परवानीपुर मुख्य चोकमै राँगाको प्रतिमा राखिनु धर्मअनुसारले पनि नमिल्ने भएको राजनीतिक दलका नेता बताउँछन्।

उक्त स्थानमा हनुमानको सानो मन्दिर वा अन्य कुनै प्रतिमा राख्नुपर्ने अन्थया आन्दोलन र विरोध जारी रहने जनमत पार्टीका युवा नेता राजुराज गिरीको भनाइ छ।

राँगाको प्रतिमा राखिएको स्थानमा जनमत पार्टीले विरोध पनि गरेको बताउँदै उनले प्रतिमा यथाशीघ्र हटाउन माग गरे।

हनुमान मन्दिरको नामले परिचित रहँदै आएको परवानीपुरमा महानगरले राँगाको प्रतिमा कुनै धर्म वा आस्थालाई ठेस पुर् याउन नभई महानगरमा आउने अन्य स्थानका पर्यटकलाई लोभ्याउनको लागि राखिएको महानगरको भनाइ छ। राँगाको प्रतिमा राखिएको वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारले अहिले सर्वत्र विरोध भएपछि आफूले महानगरमा कुरा गरेको तथा चाँडै राँगाको प्रतिमा हटाएर अन्य प्रतिमा राखिने जानकारी दिए।

उनले वडासित समन्वय नै नगरी राँगाको प्रतिमा राखिएको तथा आफूसित समन्वय गरेको भए अहिले यस्तो अवस्था नआउने बताए।

‘राँगा हो कि साँढे हो दुबै जस्तो देखिन्छ राति ल्याएर प्रतिमा राखियो मलाई पूर्वजानकारी दिइएन, पछि विरोध हुन थाल्यो,’ उनले भने, ‘मैले महानगरका मेयरसित कुरा गरिसकेको छु, राँगाको प्रतिमा हटाउनेबारे हाम्रो कुरा भइसक्यो।’

महानगरले पनि कसैको आस्थामाथि ठेस पुर् याउन नभई पर्यटकलाई हेराउनकै लागि चोकमा प्रतिमा राखेको वडाध्यक्ष रौनियारको भनाइ वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा हनुमान मन्दिर चोकले परिचित स्थानमा महानगरले एकाएक राँगाको प्रतिमा राखेपछि धार्मिक र राजनीतिक दलका अगुवा एवं स्थानीयवासीले पनि विरोध गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

१४ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

केही स्थानमा मनसुन वायुको प्रभाव

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक