बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्न सरकार तयारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको बताउनु भयो ।

उहाँले सरकारको ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनु भएको हो । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताउनुभयो ।

उहाँले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत देशको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्‍याउनु भयो । प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरुलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमूल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब सरकारको ध्यान खाली शासकीय सुधार गर्ने कुरामा मात्रै होइन समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरिरहेका छौँ । र, शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ । त्यसकारण यो छलफलले हाम्रो त्यो सोचलाई प्रत्यक्षरुपले सहयोग पुग्छ भन्ने मैले महसुस गरेको छु । हामीले सेवा प्रवाहको क्षेत्रमा सानासाना कामहरुमा सुधार गरेर अनि ठूलाठूला कामहरुलाई ‘प्रायोटाइज’ गरेर जान जरुरी छ । नागरिकले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत गरेन भने सरकारप्रति पनि, राजनीतिक दलहरुप्रति पनि र हाम्रो कर्मचारीतन्त्रप्रति पनि नागरिकको भरोसा कमजोर हुँदै जाने, विश्वास टुट्दै जाने हुन्छ । त्यसकारण हामीले तत्काल नागरिकलाई सेवा प्रवाह गर्ने कुरालाई कसरी कुन कुरामा केन्द्रित गरेर विद्यमान ऐन, कानुन भित्रै बसेर सुधार गर्न सकिने सेवा प्रवाह के हो, हामीले ऐनहरु संशोधन गरेर दीर्घकालीन ढंगले जानुपर्ने के हो भनेर ठोस निष्कर्षमा पुग्नुछ ।’

प्रधानमन्त्री दप्रचण्डले जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न पनि मातहतका सबै निकयलाई सचेत गराउनु भयो ।

यो पनि पढ्नुहोस्

अबको प्रशासनिक संरचना नतिजामुखी हुनुपर्नेमा जोड

बीपी स्मृति दिवसको दिन ‘ग्रिन रन’ प्रतिगिता हुने

२४ घण्टा अगाडि
आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

अवैध लागूऔषध सहित चार जना पक्राउ

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक