वीरगञ्ज / बारामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २६ बर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका–४ खुटवा निवासी २६ वर्षीय साजिद अन्सारी छन् । उनले कात्तिक १९ गते १४ वर्षीया बालिकालाई जबरदस्ती करणी गरेका थिए।
पीडित परिवारले दिएको जाहेरीको आधारमा अन्सारीलाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ परेका अन्सारीबारे थप अनुसन्धान भइरहेको उनले बताए।