काठमाडौं । सिचु पाठशाला तथा ट्रेनिङ सेन्टर टोखा-३ लाम्नेमा मंगलबार मंसिर १९ गतेदेखि शुभारम्भ भएको छ ।
यो दक्ष जनशक्ति र अनुभवी शिक्षक, शिक्षिकाहरुद्वारा सञ्चालित टोखा नगरपालिकाको उत्तरीभेगको पहिलो मन्टेश्वरी पाठशाला हो ।
यस मन्टेश्वरी प्रि(स्कूलमा पारिवारीक वातावरणमा बालबालिकाको इच्छा, अाकांक्षा, मनोविज्ञानलाई ध्यानमा राखी प्रयोगात्मक, अडियो, भिडियो पद्धति, प्रयोगात्मक पद्धति, अपनाएर अध्ययन अध्यापन गराइनुका साथै सभ्य, अनुशासित, कर्तव्यबोध र बालबालिकाहरुको इच्छा अनुसार लक्ष्य निर्धारण गराउने तवरले अध्यापन गराइनुका साथै सुसंस्कार सिकाउने ध्येयका साथ सिचु पाठशाला स्थापना गरिएको सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरका प्रिन्सिपल सरिता महर्जनले जानकारी गराइन् ।
ब्मखभचतष्कझभलत
बिगत डेढ दशकदेखि सोही क्षेत्रमा कार्यरत अनुभवी प्रशिक्षकहरुद्वारा सञ्चालित यस पाठशालामा बालबालिकाहरुको देकियर, मन्टेश्वरी र मन्टेश्वरी ट्रेनिङ गरि तीनवटा एकसाथ सञ्चालन भएका छन् ।
टोखा नपा वडा नं ३ का अध्यक्ष रमेश डंगोलले शिक्षा क्षेत्रमा बालबालिकाहरुलाई प्रयोगात्मक र पारिवारीक वातावरणमा अध्ययन(अध्यापन गराउने सिचु पाठशाला तथा ट्रेनिङ सेन्टर सञ्चालन ल्याइएकोमा बधाई दिए । उनले युवा जोस जाँगरले सञ्चालनमा ल्याइएको यस ट्रेनिङ सेन्टरले २०७९ सालमा वडामा सञ्चालन गरेको मन्टेश्वरी ट्रेनिङले महिला दिदीबहिनीहरुमा जोस, अात्मविश्वास र रोजगारीको अवसर सृजना गर्दै नयाँ र जाँगरको मार्ग खोलिदिएकोमा प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरे ।
टोखा न।पा २ नं वडा अध्यक्ष धर्वेन्द्र श्रेष्ठले पाठशाला तथा ट्रेनिङ सेन्टरले सञ्चालन गरेको मन्टेश्वरी ट्रेनिङको प्रशंसा गर्नुका साथै यस मन्टेश्वरी पाठशाला सञ्चालन समूहले आगामी दिनहरुमा निमावि र माविसम्मको विद्यालय बनाउन सकुन् भनेर शुभकामना व्यक्त गर्नुका साथै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको बिजारोपन गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
टोखा नपा ३ का वडा सदस्य शान्ता राईले यस सिचु पाठसाला तथा ट्रेनिङ सेन्टरद्वारा २०७९ सालमा सञ्चालन गरेको प्रशिक्षण गर्नुका साथै युवा टिमवर्क आजको आवश्यकता महिला समूहको खुलेर प्रशंसा गर्नुका साथै आगामी दिनमा वडाबाट सक्दो सहयोग गर्ने वाचा गरिन् ।
टोखा नगर शिक्षा शाखाका खगेन्द्र धामीले शिक्षा क्षेत्रमा मन्टेश्वरी भनेको महत्वपूणर् जग हो, यस जगले नै बाबलबालिकाहरुको भविष्य निर्धारण गर्ने हुँदा संवेदनशील भएर अध्ययन अध्यापन गर्न गराउन सुझाव दिए । टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले सृजनशील, जुझारु, समूहद्वारा सञ्चालित यस सिचु पाठशालाको प्रशंसा गर्दै साथ सहयोगसँगै सहकार्य गर्दै जाने वाचा व्यक्त गर्दै उत्तर उत्तरोत्तर प्रगति एवम् बधाई तथा शुभकामना व्यक्त गरिन् ।