काठमाडाैं । एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल ले आफ्नो ३२ औ वार्षिक साधारण सभा दाइको घोराहीमा सम्पन्न गरेको छ। मिति २०८० मंसिर १५ र १६ गते दुई दिन चलेको उक्त साधारण सभाले संस्थाको विधान संशोधन लगायतका विषयहरूमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
नेपालका विभिन्न जिल्लाहरूमा रहेका एम्नेस्टी नेपाल शाखाका समूह र युथनेटवर्कहका प्रतिनिधिका साथै एम्नेस्टी नेपालको नेसनल बोर्ड र अपिल कमिटिका सदस्यहरू, पूर्व अध्यक्षहरू, कर्मचारी, स्वयंसेवक र पर्यवेक्षकहरूसमेत गरी करिब ३०० जनाले एम्नेस्टी नेपालको ३२औं वार्षिक साधारणसभामा सहभागिता जनाएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्मा साधारण सभाको उद्घाटन सत्रको प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, लुम्बिनी प्रदेशसभा सदस्य लोका वि.क… घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उदय जिएम., जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, इन्द्रपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीलगायतका अतिथिहरूले उद्घाटन सत्रमा एम्नेस्टी नेपालको ३२ औ साधारणसभाको सफलताको शुभकामना दिदै मन्तव्य राखेका थिए । उद्घाटन सत्रमा दाङका नागरिक समाजका सदस्य र पत्रकारहरूहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
३२ औं साधारणसभाले एम्नेस्टी नेपालको वार्षिक प्रतिवेदन आगामी वर्षको कार्ययोजना र बजेटमाथि छलफल गरी पारित गरेको छ। साथै संस्थाको सदस्यता र गभर्नेन्सको संरचना र प्रक्रियालाई पुनर्परिभाषित तथा परिमार्जन गर्ने उद्देश्यले एम्नेस्टी नेपालको नेसनल बोर्डद्वारा प्रस्तावित संस्थाको विधान र नियमावलीहरू संशोधनको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । पारित विधान र नियमावलीले नेपालमा एम्नेस्टी इन्टरनेसनलको अभियानलाई थप सबल, समावेशी, विविधतायुक्त, सहभागितामूलक र लोकतान्त्रिक बनाउने विश्वास लिइएको छ।
*३२ औ साधारणसभाले नेसनल बोर्डद्वारा प्रस्ताव गरेको एम्नेस्टी नेपालको विधान र नियमावली संशोधनसम्बन्धी प्रस्तावउपर बृहत छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेको छ यो संस्थाको परिवर्तन र नया दिशाको लागि एउटा निकै नै महत्त्वपूर्ण कदम हो यसले एम्नेस्टी नेपालमा आवद्ध रहेर मानवअधिकार आन्दोलनमा सक्रिय हुन चाहने सदस्य र समर्थकहरूमा नयाँ रक्त सञ्चारको अनुभूति गराएको छ। वर्तमान सयमको बदलिँदो आवश्यकता र चुनौतीहरूसँग अनुकूलित हुँदै विधमा देखिएका नविनतम र जटिल समकालीन मानवअधिकारका विषय वस्तुहरूमा काम गर्नका लागि एम्नेस्टी नेपालको सिंगो अभियान अझ वृहत र परिष्कृत हुने दिशामा पारित गरिएको विधानको नया प्रावधानहरूले मार्गनिर्देश गर्ने विश्वास रहेको छ’, एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने ।
साधारणसभाको दोस्रो दिन मंसिर १६ गते इजरायल र हमासबीच भइरहेको युद्धका कारण हजारौ सर्वसाधारणहरूले ज्यान गुमाइरहनुपरेको सन्दर्भमाथि गम्भीर चासोका साथ तत्काल पूर्ण युद्ध विरामको आह्वान गर्दै एम्नेस्टी नेपालका सदस्यहरूले एक ह्युमन राइट्स वाक्सन पनि गरेका थिए ।