मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इयुको कालो सूचीबाट हटेन नेपाल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
इयुको कालो सूचीबाट हटेन नेपाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। युरोपेली सङ्घ (इयु) ले नेपाललाई राखेको सुरक्षा सूची (कालो सूची) लाई निरन्तरता दिएको छ । इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुधबार कालो सूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठाएसँगै पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य अझै अनिश्चित बनेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भदौ २५ देखि २९ गतेसम्म इयुले नेपालमा गरेको स्थलगत अवलोकन तथा मूल्याङ्कनका आधारमा कात्तिक २८ गते बेल्जियमको राजधानी ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनका आधारमा नेपालले यस वर्ष पनि कालो सूचीमा निरन्तरता पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “इयुले प्राधिकरणलाई कारणसहितको पत्र पठाउँदै यो वर्ष कालो सूचीबाट हटाउन नसकेको जानकारी गराएको छ । प्रतिवेदनले नेपाल वायु सेवा निगमलाई युरोप उडानमा जान सक्ने गरी थुप्रै संस्थागत कमजोरी औँल्याएको छ भने श्री एयरलाइन्सका सम्बन्धमा वर्तमान कार्यपद्धति सन्तोषजनक रहे पनि थप सुधारका प्रभावकारी कार्यप्रणाली र कार्यपद्धति अवलम्बन गर्दै जानुपर्ने देखाएको छ ।”

बारम्बार प्राधिकरण विभाजनको मुद्दा उठाउँदै आएको इयुले यस वर्ष प्राधिकरणको संस्थागत संरचना विभाजन तथा विधेयकबारे कुनै टिप्पणी नगरेको उहाँले बताउनुभयो । इयुका प्रतिनिधिमण्डलले नेपाल आई प्राधिकरण, नेपाल वायु सेवा निगम र श्री एयरलाइन्सको स्थलगत अवलोकन तथा मूल्याङ्कन गरेको थियो । इयुले पठाएको रिपोर्टमा निगमको वर्तमान सङ्गठन संरचना, कार्यपद्धति, आर्थिक एवं प्राविधिक क्षमता, जनशक्ति एवं सेवा प्रवाहको गुणस्तर, सोको अभिलेखीकरणलगायत समग्र संस्थागत संरचनामा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गरिएको छ ।

त्यस्तै निगमले सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) पालना नगरेको, प्राधिकरणले वार्षिक गर्ने सम्परीक्षणमा औँल्याएका कमीकमजोरी सुधार नगरेको, सम्परीक्षण सूचीको गुणस्तर सुधार नगरेको, उडान समयको निश्चितता, हवाई कागजात व्यवस्थापन तथा सुझाव कार्यान्वयन जस्ता पक्षमा गम्भीर कमजोरी रहेको, वायुयानको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नुपर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इयुले कालो सूचीबाट हट्न सरकारको प्रतिबद्धता तथा नेपालको हवाई सुरक्षामा प्राप्त उपलब्धिलाई निरन्तरता दिई भविष्यमा अझ बढी परिणाममुखी बनाउन राजनीतिक नेतृत्व एवं सरकारको रचनात्मक भूमिका अपरिहार्य रहेको समेत प्रतिवेदनमा औँल्याइएको छ  ।

इयुको टोलीले गत वर्ष गरेको अध्ययन तथा अनुगमनमा नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्दै प्रविधिमैत्री बनाएर हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा जोड दिन आवश्यक देखिएको जनाएको थियो । नेपाल सन् २०१३ देखि इयुको कालो सूचीमा रहँदै आएको छ । ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । सन् २०१० मा एकै वर्ष तीन वटा विमान दुर्घटना र सन् २०११/१२ मा एक एक विमान दुर्घटना भएपछि नेपाललाई सन् २०१३ डिसेम्बर ५ गतेदेखि इयुले नेपाललाई कालो सूचीमा राख्दै आएको जनाएको छ ।    गाेरखापत्र

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक