मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

केरुङ–काठमाडौं रेलमार्ग सर्वेक्षण, नुवाकोटमा सकेर रसुवामा सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
केरुङ–काठमाडौं रेलमार्ग सर्वेक्षण, नुवाकोटमा सकेर रसुवामा सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग अन्तर्गत नुवाकोट खण्डको हवाई सर्वेक्षण (एरियल सर्भे) सम्पन्न भएको छ । हाल चीनमा रहनुभएका रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नुवाकोट खण्डको हवाई सर्वेक्षण सम्पन्न भएर अहिले रसुवा खण्डको सर्वेक्षण सुरु भएको जानकारी दिनुभयो ।

“रसुवा खण्डको सर्वेक्षणपछि काठमाडौँ खण्डको काम सुरु हुन्छ,” उहाँले भन्नुभयो, “अहिले चीनको प्राविधिक टोलीले ड्रोनमार्फत तस्बिर र भिडियो खिचेर सर्वेक्षण गरिरहेको छ । सो सर्वेक्षण गर्न गत वर्ष पुसको अन्तिम साता चीनको रेलवे प्राविधिक टोली नेपाल आएको थियो ।”

ड्रोनमार्फत सर्वेक्षण गर्नुपर्ने भएकाले कानुनी प्रक्रिया पूरा गरी विभिन्न निकायबाट अनुमति लिनुपर्दा सर्वेक्षण कार्य केही ढिलो हुन गएको उहाँले स्पष्ट पार्नुभयो । सम्झौता अनुसार ४२ महिनाभित्र सो आयोजनाको सम्पूर्ण सर्वेक्षण पूरा गर्नुपर्ने छ । जसमध्ये एक वर्ष लगाएर मात्र नुवाकोट खण्डको सर्वेक्षण सम्पन्न गरिएको हो । अझ दुई वटा जिल्लाको सर्वेक्षण बाँकी छ ।

महानिर्देशक बिसुरालका अनुसार अध्ययनको पहिलो चरणमा हवाई सर्वेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इन्भेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेलवे अलाइनमेन्ट) तथा लागत अनुमानसम्बन्धी अध्ययन गरिने छ । प्राविधिक रूपले यो आयोजना कठिन र चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

नेपालका तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा उहाँका चिनियाँ समकक्षीले केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत अध्ययनका लागि छिट्टै नै विज्ञ टोली नेपाल पठाउन गर्नुभएको प्रतिबद्धता अनुसार चीनको टोली नेपाल आएको थियो ।

कठिन भौगोलिक बनोटका कारण प्रस्तावित सो रेलमार्गको निर्माण चुनौतीपूर्ण रहेको बताउँदै महानिर्देशक बिसुरालले विस्तृत अध्ययनले त्यस्ता चुनौती र कठिनाइबारे प्रस्ट हुने र कुनै समस्या नआउने गरी अध्ययन हुने जानकारी दिनुभयो । टोलीले भूबनोट, टनेलिङ तथा भूकम्पीय जोखिमलगायतका विषयमा समेत अध्ययन गर्ने उहाँको भनाइ छ ।

‘बेल्ट एन्ड रोड’ अवधारणा अन्तर्गत नेपालले चीनसँग प्रस्ताव गरेका विभिन्न विकास परियोजनामध्ये केरुङ–काठमाडौँ रेलमार्ग पनि एक हो । यस परियोजनाले नेपाललाई भू–परिवेष्ठितबाट भूजडित मुलुकका रूपमा रूपान्तरण हुने विश्वास गरिएको छ ।

दुई मुलुकबिच भएको समझदारी अनुसार चीनले आफ्नो आर्थिक र प्राविधिक लगानीमा विस्तृत सम्भाव्यता अध्ययन र सर्वेक्षण गरिरहेको छ । यो रेलमार्गको ‘डिपिआर’ तयार गर्न करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ । विकट भूगोलमा निर्माण गरिने भएकाले सो रेलमार्गका लागि विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने हुन्छ । अहिलेको अध्ययनले सो रेलवे परियोजनाको कुल लागत, निर्माणको ‘मोडेल’ लगायतका विषयबारे टुङ्गो लाग्ने छ ।

रेलमार्ग निर्माणका लागि चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपाल रेल आउने हो । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास गरिएको छ ।

चीनले सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म रेलमार्ग निर्माणका लागि फिल्ड सर्भे सम्पन्न गरेको रेल विभागले जनाएको छ । केरुङ–सिगात्सेको दुरी ५४० किलोमिटर छ भने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको दुरी ७२ किलोमिटर छ । रसुवागढीदेखि केरुङसम्मको दुरी २५ किलोमिटर छ ।

२०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सो रेल परियोजनाको सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो ।  भउचप्रसाद यादव गाेरखापत्र

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक