काठमाडाैं । नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सभ्य तथा भव्य रुपमा काठमाडौंको जगत सुन्दरी ब्वनेकुथिमा शनिबार सम्पन्न भएको छ ।
नेवाः देय् दबूको महिलाहरुको हक, हित तथा नेतृत्वको विकास, महिला हिंसा लगायत संस्कृति सम्पदाको संरक्षण गर्नका लागिका आज भन्दा सात बर्ष अगाडि रश्मिला प्रजापतिको अध्यक्ष्यतामा स्थापना भएको यस संस्था व्यक्तित्व विकास, आइएओ १६९ लगायतका विभिन्न तालिमहरु दिदै आइरहेको संस्था हो ।
कार्यक्रममा सबै भन्दा पहिला नेवाः मिसा सिरपा (पुरस्कार) बाट क्रमशः सत्य भामा माथेमा, पहिलाे न्यायाधिश रत्न देवी सिरपाः १०,०००।— नगद तथा शिला साय्मिलाइ नेवाः मिसा दबूका संस्थापक अध्यक्ष संरक्षक रश्मिला प्रजापतिले प्रदान गरेका थिए । साथै विना दवी सिरपाः प्रमिला श्रेष्ठलाई १००१।— नगद कस्तुरी श्रेष्ठ नेवाः मिसा दबूका अध्यक्षबाट हस्तारण गरेको थियो ।
नेवाः मिसा दबूका संस्थापक अध्यक्ष एवम् संरक्षक रश्मिला प्रजापतिले नेवार महिलाहरुलाई पनि नेवार महिलाहरुलाई पनि राष्ट्रिय रुपले संगठित गरेर लग्नका स्थापना जनाए ।