काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने जनाएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले जनाए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ-नौजना आन्दोलनकारी घाइते भएको जनाएका छन् ।
प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो । त्यसमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले जनाए । “हाम्रोतर्फ ८-१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५-३० जना घाइते भएका छन्,” प्रसाईंले भने, “अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।
आज नै केही मात्रमा मात्र खुलेको हो ।”
उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द गर्ने दाबी गरे । प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ ।