काठमाडौं । काठमाडौंमा प्रदर्शनरत युवा संघ र मेडिकल व्यवासायी दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान भएको छ।
आज तीनकुनेमा प्रदर्शन गर्ने भनिएका नेकपा एमाले निकट युवा संघका कार्यकर्ता मोटरसाइकल र्याली गर्दै बल्खु पुगेका थिए।
सोही क्रममा आज बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूह र युवा संघबीच ढुङ्गा हानाहानको अवस्था सिर्जना भएको हो। थप विवरण आउन बाँकी छ।