काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत नेपालले दोस्रो चरणको दोस्रो खेलमा आज यमनसँग भिड्ने भएकाे छ ।
नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा यूएईसँग ४-० ले पराजित हुँदै अंकवीहिन बनेको छ । भने यमनपनि बहराइनसँग २-० ले पराजित हुँदै अंकवीहिन नै रहेको छ । नेपालले आज यमनविरुद्ध जित्नका लागि खेल्ने दाबी गरेको छ ।
यमनसँगको खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली फुटवल टिमका मूख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेक्स र नेपाली टिमका कप्तान किरणकुमार चेम्जोङले यमनविरुद्धको खेल आफ्नो टिमले जित्नकै लागि खेल्ने दाबी गरे । ‘हामी जित्नका लागि यो खेल खेल्नेछौं ।
समर्थकहरुलाई विश्वास दिलाउन चाहान्छौं । हामी यो खेल जित्छौं । अंक जोड्न चाहान्छौं’ एनेक्सले भने । नेपालले यसअघि सन् २०१९ को एसिया कपका लागि छनोटमा यमनसँग खेलेकाे थियो ।
जसमध्ये सन् २०१७ मा सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा भएको खेल गोलरहित बराबरी भएको थियो । तर कतारमा भएको अवे खेलमा भने नेपाल यमनसँग २-१ ले पराजति भएको थियो ।