मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बैङ्कहरूले पठाएनन् उखु किसानको अनुदान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बैङ्कहरूले पठाएनन् उखु किसानको अनुदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा सर्लाहीका उखु किसानको छठपर्वसमेत खल्लो भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० ले कात्तिक २३ गते विभिन्न बैङ्क, वित्तीय संस्था तथा सहकारीका खातामा एकमुस्ट रकम पठाइदिएको थियो ।

तर, कात्तिक २४ गते शुक्रबार बैङ्क खुलेदेखि ३० गतेसम्म तिहार बिदा भयो । मङ्सिर १ गते शुक्रबार बैङ्क खुले पनि अधिकांश बैङ्कले किसानको खातामा पैसा पठाएका छैनन् ।

चाडपर्वका समयमा समेत व्यस्तताका नाममा बैङ्क खातामा पैसा हस्तान्तरण नगरिदिँदा दसैँ मात्र नभएर तिहार र छठसमेत खल्लो भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । तिहारको मुखमा कोलेनिकामार्पmत दिनुपर्नेमध्ये ३० प्रतिशत रकम आएको र त्यो पनि नभ्याइएको भन्दै रकम भुक्तानी नगर्नु विडम्बनापूर्ण रहेको मैनालीले औँल्याए । “केही सहकारीले रकम बाँड्न भ्याए तर बैङ्कहरूले खातामा इन्ट्री गर्न भ्याइएन भनेर पैसा हालेनन्,” मैनालीले भने, “यो वर्ष उखु किसानको पर्व उल्लासमय बन्न सकेन ।”

अर्थ मन्त्रालयले तिहारअघि जिल्लामा पठाएको अपूरो रकममध्ये किसानलाई बाँड्नका लागि ३० प्रतिशत मात्रै पुग्थ्यो । तिहारअघि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा बैठक बसेर त्यही रकम भए पनि सबै किसानलाई ३० प्रतिशतको हिसाबले खातामा पठाइदिने निर्णय गरेको थियो ।

सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले निर्णय भएको दिन कात्तिक २२ गते रातभर काम गरेर भोलिपल्टै बैङ्कको खातामा पैसा पठाइएको बताउनुभयो । गत वर्ष जिल्लाका तीन वटा चिनी मिलमा उखु बेचेका १७ हजार ३० जना किसानलाई प्रतिक्विन्टल ७० रुपियाँको दरले वितरण गर्न २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ३० पैसा आउनुपर्ने हो तर कोलेनिकामा नौ करोड ११ लाख २६ हजार ६३८ रुपियाँ मात्रै आएको छ ।

कोलेनिकाले प्राप्त सबै रकम बैङ्कको खातामा पठाइसकेको प्रमुख कोष नियन्त्रक न्यौपानेले बताउनुभयो । किसानले छठ बिदापछि मात्रै पैसा निकाल्न पाउने भएका छन् । जिल्लामा आउन बाँकी २० करोड १४ लाख २६ हजार १११ रुपियाँ ३० पैसा लागि अगुवा उखु किसान, पालिकाका जनप्रतिनिधि र सङ्घीय सांसदले पहल जारी राखेको बताएका छन् ।

अगुवा उखु किसान राजकुमार उप्रेतीले यो वर्ष चिनी मिल चल्नुअघि नै बाँकी अनुदान रकम पनि जिल्लामा निकासा गरिदिन माग गर्दै अर्थ तथा कृषि सचिवलाई भेटेरै कुरा राखेको बताए । रकामान्तर गरेर वा अन्य कुनै विकल्प अपनाएर भए पनि उखु किसानको पूरा अनुदान रकम निकासा गरिदिन माग राखिएको उप्रेतीको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक