मङ्ल, बैशाख २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामपालेकरार सेवाका ३ सय कर्मचारी थप गरी सडक सफा गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सुन्धाराको मूल धारा नष्ट गरिएको भन्दै काठमाडौं महानगरद्वारा आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागले ३२ वटै वडामा सफाइ मजदुर परिचालन गरेको छ । विभागीय प्रमुख रविनमान श्रेष्ठले २५ जनाको समूहले सडकमा रहेका सबै टुक्राटाक्री टिपनटापनदेखि सडकलाई पूर्ण रूपमा सफा गर्ने बताए । उनले भने– ‘कतै पनि फोहोरको थुप्रो नहुने गरी सफाइ शुरू गरेका हौं ।’

विभागले कतै फोहोर जम्मा भएको जानकारी भए तत्काल विभागमा जानकारी गराउन आग्रह गरेको छ । विभागका अनुसार हरेक टिमका कर्मचारी ८ घण्टा खट्ने गरी व्यवस्थापन गरेको छ । विभागले बिहान ६ देखि २ र दिउँसो २ देखि थप समयका लागि कर्मचारी व्यवस्थापन भएको जनाएको छ । Shivam Cement कामपासँग उपलब्ध भएका ६ सय र नयाँ भर्ना लिएका ३ सयसमेत गरी ९ सय कर्मचारीले सफाइ अभियान शुरू गरेका छन् । कामपाले गएको महिना बज्र सेक्युरिटी एन्ड कनेक्टर जेभीबाट सेवा करारमा लिने सम्झौता गरेलगत्तै हिजोबाट ३ सय कर्मचारी सडक सफाइ गर्न खटिएका छन् ।

करिब १ हजार ५ सय सफाइ मजदुर रहेको महानगरमा ९ सय कर्मचारी अवकास भएर ६ सय पुगेको थियो । ६ सय मजदुरले मात्र राजधानीको सडक र अन्य संरचना सफा गर्न सम्भव नभएपछि थप ३ सय सेवा करारमा लिएको हो ।

थपिएका सहित सबै सफाइ कर्मचारीले सडक, पार्क, बगैंचा, पर्खाललगायत संरचना र सबै क्षेत्रको सफाइ गर्नेछन् । २५ जनाको समूहलाई नेतृत्व गर्न एक जना नाइके खटाइएको छ । विभागले निर्देशन दिएअनुसार नाइकेले मजदुरलाई काममा खटाउने छ । कामपाले १६ वर्षपछि सफाइ कर्मचारी करारमा नियुक्ति गरेको हो ।

हाल करारमा भर्ना भएका सफाइ मजदुरले बन्चरेडाँडा र टेकुस्थित ट्रान्सफर स्टेसनमा समेत काम गर्नुपर्छ । कामपा वातावरण व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले सबै कर्मचारीलाई ८ घण्टा काममा लगाइने जानकारी दिए। सोही आधारमा आपूर्तिकर्ता कम्पनीबट कर्मचारी भर्ना लिएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार ३ सय थप कर्मचारीका लागि श्रम ऐनले तोकेअनुसार मासिक तलब भुक्तानी हुनेछ ।

यो पनि पढ्नुहोस्

देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

३ हप्ता अगाडि
फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिका र इरानको युद्ध अन्त्य गर्ने

यस्ताे छ दिनभरकाे माैसम

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

बार्सिलोनाले लालिगाको २९औँ उपाधि जित्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक