बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संघ सरकार र स्थानीय सरकारले सम्वत र भाषा नीति ल्याउनु नेवाः समुदायकाे माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
संघ सरकार र स्थानीय सरकारले सम्वत र भाषा नीति ल्याउनु नेवाः समुदायकाे माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बाग्मती प्रदेशले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न विधेयक पारित गरेपछि नेवाः र तामाङ समुदायले त्यसको स्वागत गर्दै प्रदेश सांसदहरुलाई धन्यवाद दिनेदेखि दीप प्रज्वलन कार्यक्रम काठमाण्डौ उपत्यकामा मात्र हैन विभिन्न जिल्लामा समेत गर्दै आएका छन् ।

यसैवीच बागमती प्रदेशमा नेपालभाषा लागू गर्न ल्याएको विधेयकको स्वागत गर्दै राजधानीमा पनि उत्सव मनाउने साथे बागमती प्रदेशका सांसदहरुलाई धन्यवाद दिने कार्यक्रम गत कार्तिक २० गते काठमाण्डौको केल टोलमा सम्पन्न भयो । उगु कार्यक्रमका प्रमुख अतिथि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले नेपालभाषाका प्यंगः थांहरु अहिले जिवित भएको भए नेपालभाषालाई कामकाजि भाषाको रुपमा मान्यता दिनेक काम भएकोमा अत्यन्तै खुसी हुने बताउनु भयो । उहाँले बाग्मती प्रदेशमा कामकाजि भाषा लागू हुने भएतापनि भोलीका दिनमा लागू हुन्छ कि हुदैन भन्दै विगतमा स्थानीय सरकारले भाषालाई मान्यता दिएको तर ब्यवहारमा लागू नभएको जस्तो नहोस भन्नु भयो ।

नेवाः समुदायले आफ्नो भाषा नै प्रयोग गर्ने कामलाई बेवास्ता गर्नुको मूल कारण राज्य सत्ता भएको र राज्य सत्ताकै दमनका कारणले यस्तो अवस्था आएको हो भनी अध्यक्ष बज्राचार्यले बताउनु भयो । कार्यक्रममा विशेष अतिथि बाग्मती प्रदेशका सांसद बसन्त मानन्धरले अहिले सम्म प्रदेशले ५० वटा कानुन बनाएकोमा भरखरै पारित गरेको भाषा विधेयक विशिष्ट भएको बताउनु भयो । यो विधेयक भनेको भाषाको सवालमा मात्र नभई मुलुकमा संघीयता लागू गर्ने सवालमा पनि महत्वपूर्ण ऐन भएको बताउनु भयो । यदि यो विधेयक अनुसार कानुन बनाउने तर लागू भएन भने त्यो दस्तावेजमा मात्र सिमित हुने बताउदै अवका दिनमा कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो । अर्का विशेष अतिथि बाग्मती प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्र्यले भाषा विधेयक कानुनको रुपमा आएपछि त्यसलाई कार्यान्वयन गर्नका लागि नेवाः समुदाय एक भएर अघि बढ्नुपर्ने बताउनु भयो । भाषा विधेयकलाई आफूले महत्व दिदै संसदको सो विधेयक ल्याउने समितिमा नै आफू बसेको बताउदै अवका दिनमा नेवाः समुदाय सचेत हुदै अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रमका प्रमुख वक्ता नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले भाषा विधेयक कानूनको रुपमा आएपछि लागू हुनेमा शंका गर्न नहुने बताउनु भयो । उहाँले यो लागू गर्ने भनेको प्रदेश सरकार भएको र भोलीका दिनमा भाषाका लागि कार्यक्रम पनि कानुन अनुसार प्रदेश सरकारले नै ल्याउने बताउनु भयो । स्वनिगः विशेष प्रदेशका अध्यक्ष महर्जनले प्रदेशसभामा भाषा सम्वन्धी विधेयक प्रस्तूत भइरहेको समयमा राजधानी काठमाण्डौ आफूहरु भाषा बैज्ञानिक, कानुनविदहरुसंग छलफल गरिरहेको र निश्चित समय भित्र संशोधन गर्नुपर्ने भएकोले रातारात प्रदेश राजधानीमा आफूहरु पुगी प्रदेश सांसदहरुसंग छलफल गरेका कारण विधेयकमा संशोधन भएका कारणले विधेयक अत्यनैत राम्रो भएको समेत बताउनु भयो ।

मुलुक बहुभाषीक भएको कुरा संविधानमा उल्ले भएको बताउदै उहाँले अव भाषा विधेयक बाग्मती प्रदेशले ल्याए जस्तै संघ सरकार अर्थात केन्द्रीय सरकारले पनि भाषा सम्वन्धि नीति ल्याउनुपर्ने बताउनु भयो । यो विधेयकले भाषाको सवाल मात्र नभई नेपाल संवतलाई पनि प्रदेशल कार्यान्वयनमा ल्याउने कुरा उल्लेल भएको बताउदै अवका दिनमा केन्दीय सरकारले पनि सम्वत सम्वन्धि कानुन ल्याउनु पर्ने बताउनु भयो । उहाँले अवका दिनमा स्थानीय सरकारलाई पनि भाषा सम्वन्धि कानुन निर्माणका लागि अभियान संचालन गर्ने समेत बताउनु भयो । नेवाः देय् दबू काठमाण्डौ जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा देय् दबू काठमाण्डौ जिल्ला समितिका अध्यक्ष धनबहादुर महर्जन तिमिलाको सभापतित्वमा भएको थियो भने कार्यक्रमको अन्तिममा दिपावली समेत गरेको थियो ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१८ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक