शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वायु प्रदूषणको स्तर बढ्दै गएपछि नयाँदिल्लीमा प्राथमिक विद्यालयहरु बन्द

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वायु प्रदूषणको स्तर बढ्दै गएपछि नयाँदिल्लीमा प्राथमिक विद्यालयहरु बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको राजधानी नयाँदिल्लीमा प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । द क्विन्टको हिन्दी संस्करणका अनुसार प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि १० नोभेम्बर (कात्तिक २४ गते) सम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ ।

यसैगरी कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने छ । दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताएका छन् । भारतीय मिडियाहरुका अनुसार दिल्लीको वायु प्रदूषण अति गम्भीर स्तरमा पुगेको छ । दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतबार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । ५ नोभेम्बर -आइतबार) बिहान ७ बजेको रेकर्ड अनुसार दिल्लीका वजिपुर, शादीपुर, द्वारका, पन्जाबी बाग, मुंडका, लोधी रोड, ओखला लगायतका क्षेत्रमा वायु प्रदूषणको स्तर उच्च श्रेणीमा पुगेको छ । दिल्लीमा बाक्लो तुवाँलो लागेको जस्तो देखिएको छ । दृष्य धमिलो छ ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार यस्तो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ । वायु प्रदूषणबाट बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास सम्बन्धी समस्याका दीर्घ रोगीहरु बढी प्रभावित भएका छन् । धेरै मानिसहरूले आँखा पोल्ने, चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् । दिल्लीमा सामान्यतया नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरुमा वायु प्रदूषण उच्च हुने गरेको छ । नजिकैका राज्यहरू, विशेष गरी उत्तर प्रदेश, हरियाणा, पञ्जाब लगायत स्थानका किसानहरूले पराल जलाउनु र सवारी साधनबाट निस्किने विशाक्त धुँवालाई वायु प्रदूषणको प्रायः प्रमुख कारणको रूपमा लिने गरिएको छ । द क्विन्टका अनुसार दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले पन्जाबमा गत वर्षको तुलनामा कम पराल जलाइएको छ ।

पन्जाबको परालको धुँवाको असर दिल्लीमा धेरै छैन, जति हरियाणा र उत्तर प्रदेशको छ । हावाको गति पनि मन्द भएकाले पन्जाबको धुँवा दिल्लीसम्म नआएको मन्त्री रायको अनुमान छ । उनका अनुसार हरियाणा र उत्तर प्रदेशमा जलाइएको परालको धुँवा दिल्ली आएको छ । त्यसैले दिल्लीको आकाशमा चारैतिर धुँवैधुँवामात्र छ । यसैबीच मन्त्री रायले आज मध्याह्न प्रदूषण नियन्त्रणको उपायबारे छलफल गर्न सम्बन्धित विभागका अधिकारीहरुसहितको बैठक बोलाएका छन् । बैठकमा यातायात, शिक्षा, प्रहरी र प्रदूषण नियन्त्रण समितिका अधिकारीहरु संलग्न हुनेछन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

१० घण्टा अगाडि
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक