शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

‘नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध अझ कसिलो हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध अझ कसिलो हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । करिब १ साता लामो अमेरिका भ्रमण सकेर आइतबार साँझ नेपाल फर्केका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल अमेरिका सम्बन्ध अझ कसिलो भएको बताएका छन्।

आइतबार त्रिभुवन विमानस्थलमा सञ्चारमाध्यमसँग कुरा गर्दै मन्त्री साउदले भने, ‘अमेरिकामा अहिलेको उच्चस्तरीय भेटघाटबाट सबैको कुरा बुझ्दा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध अझ कसिलो हुँदै गएको छ। अमेरिकाले नेपालमा आईटी, औद्योगिक र कृषिलगायतका क्षेत्रमा लगानी गर्न चाहान्छ।’

भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विषयहरू तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा विचारको आदानप्रदान भएको उल्लेख गर्दै उनले भने, ‘दुवै पक्षले आपसी हितका विषयहरूमा सहकार्यलाई थप विस्तार र घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गर्‍यौं।

नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नती हुन लागेको सन्दर्भमा मैले नेपालको विकास प्राथमिकताका विषयहरूमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापारलगायतका क्षेत्रमा अमेरिकी सरकारबाट सहयोग बढाउन आग्रह गरेको छु।’ उनले अगाडि भने, ‘नेपालका लागि निर्यातयोग्य गार्मेन्ट, फुटवेयर र फर्मास्युटिकल बस्तुहरू थप गर्दै जीएसपी सुविधा र एनटीपीपीको विस्तार र पुनः अनुमतिका लागि अनुरोध गरेको छु।’

सो अवसरमा एमसीसी र युएसएआईडीमार्फत उपलब्ध अमेरिकी सहयोगलगायत नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद पनि दिएको उल्लेख गर्दै उनले भने, ‘दुवैपक्षले एमसीसी अन्तर्गतका परियोजनाको समयमै कार्यान्वयनको महत्वमा जोड दिएका छौं। यो विषय अमेरिकाले धेरै सकारात्मक हिसावमा लिएको छ।’

अमेरिका लामो समयदेखि नेपाललाई निःस्वार्थ सहयोग गरिरहेको महत्वपूर्ण मुलुक भएकाले नेपाललाई सबैभन्दा ज्यादा अनुदान दिने मुलुकका रूपमा आफूलाई उभ्याएको थियो। नेपालमा ऊर्जा र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी गर्न अनुरोध गरेको पनि मन्त्री साउदले बताए। भेटवार्तामै नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरणमा भएको प्रगतिलाई प्रशंसा गर्दै अमेरिकी विदेश मन्त्रीले अमेरिकी सरकार नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको बताएको उल्लेख गरेका थिए। मन्त्री साउदले अमेरिकाबाट नेपालमा लामो समयदेखि उच्चस्तरीय भ्रमण नभएको विषय उल्लेख गर्दै विदेश मन्त्री व्लिनकनलाई नेपालको औपचारिक भ्रमण गर्न निमन्त्रणा दिएको पनि बताए।

त्यसो त नेपाल र अमेरिकी दुईपक्षीय भेटवार्तापछि अमेरिकन विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले मन्त्रालयको वेभ साइटमा दुईपक्षीय नेताको भेटका बारेमा स्पष्ट पार्दै भनेका छन्, ‘अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन र नेपाली विदेशमन्त्री नारायण प्रकाश साउदले आज वासिङ्टनमा भएको भेटमा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएका छन्।’

प्रवक्ताले भनेका छन्, ‘नेपालमा सुरु गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टको विषयमा छलफल भएको छ। जसले पूर्वाधार निर्माण गर्ने, बिजुलीमा पहुँच बढाउने र सीमापार विद्युत् व्यापारलाई समर्थन गर्ने छ।’

नेपालमा शान्ति सेना स्वयंसेवकको सेवामा ६० वर्षभन्दा बढीको साझेदारी हुँदै आएको बिषयमा पनि प्रशंसा गरेका छन्। नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२ करोड ५० लाख अमेरिकी डलरको नयाँ ऋण दिनेलगायतका विषयमा छलफल भएको प्रवक्ताले मन्त्रालयको आधिकारीक पेजमा राखेका थिए।

अमेरिका भ्रमणको क्रममा मन्त्री साउदले युसआइपीले वासिंटनमा आयोजना गरेको नेपालको विदेशी पोलिसि विषयमा छलफलमा पनि सहभागी भएको बताउँदै उनले  समन्था पावर, सिनेटर क्रिस भान होलान तथा स्कोट नाथनसँग पनि छुट्टाछुट्टै भेट गरेको बताए। उनले नेपाली दूतावासमा अलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेश मन्त्री उर्जा जेया, तथा अमेरिकी राष्ट्रिय सुरक्षापरिषद्की वरिष्ठ डाइरेक्टर आइलीन लाउवाकरसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

१० घण्टा अगाडि
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक