शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जाडोयाममा छालाको स्याहार गर्ने बिधि

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जाडोयाममा छालाको स्याहार गर्ने बिधि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं  । जाडोमा प्रायः ओठ सुक्खा हुने, हातखुट्टा फुट्ने, चिरा पर्ने समस्या धेरैमा देखिन्छ । राति अबेर बस्ने र बिहान ढिलासम्म सुत्ने बानीले छालासम्बन्धी मात्रै होइन, अन्य रोगसमेत निम्त्याउन भूमिका खेलिरहेको हुन्छ ।

अर्काेतर्फ, जाडो मौसममा हामीले कम पानी पिइरहेका हुन्छौँ, जसकारण पानीको कमीले छालामा विभिन्न समस्या देखा पर्छ । व्यस्त जीवनशैलीका कारण तनाव एवं थकान बढी हुन्छ । यसले पनि छालालाई असर गरिरहेको हुन्छ । सबैभन्दा ठूलो असर प्रदूषणले गर्छ । त्यसको प्रत्यक्ष असर अनुहारमा पनि देखिन्छ ।

धुवाँ–धुलोबाट बच्न लोसन, मोस्चराइजर लगाउनु जरुरी हुन्छ। आयली स्किन : आयली स्किन भएकाहरूले मनतातो पानी र नर्मल फेसवासले अनुहार धुनुपर्छ । आयली छालाका लागि छुट्टै जेलबेस मस्चराइजर क्रिम पनि पाइन्छ । यस्तो मोस्चराइजरले डन्डिफोर आउँदैन ।

बिहान मनतातो पानीले मात्रै मुख धुने गर्नुपर्छ, त्यसपछि सनब्लक नियमित लगाउनुपर्छ । यसले घाम र प्रदूषण दुवैबाट बचाउँछ । अर्काे, पर्याप्त पानी पिउने गर्नुपर्छ । फलफूल पनि खाने गर्नुपर्छ । सुन्तला, जुनार, भोगटेलगायतका फलफूल खानुपर्छ । यसले छालाको चिल्लोपन सन्तुलनको काम गर्छ । बाहिरबाट आएपछि साँझ फेसवास र मनतातो पानीले मुख धुने गर्नुपर्छ । सुक्खा स्किन : जाडो मौसममा प्रायः धुवाँ–धुलोले सुक्खा छाला हुनेहरूलाई बढी असर गरिरहेको हुन्छ । सुक्खा छालालाई चिल्लो बनाउन मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

चिकित्सकसँग परामर्श लिएर आफ्नो छालामा सुहाउँदो मोस्चराइजर लगाउनुपर्छ । धेरै चिसो र धेरै तातो पानीले धुनुहुँदैन । पर्याप्त पानी पिउने गर्नुपर्छ । बाहिर निस्कँदा मोस्चराइजर क्रिम र सनब्लक अनिवार्य लगाउनुुपर्छ । फलफूल खाने गर्नुपर्छ । यसले छालाको सुक्खापन सन्तुलनको काम गर्छ । डार्क स्किन : घर अथवा अफिसको काममा हामी लामो समयसम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ ।

यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ । अफिसमा काम गर्ने अधिकांशको समय कम्प्युटरअगाडि बसेर बित्छ । यसबाट आँखावरपर डार्क सर्कल देखिन्छ । यसका लागि कम्प्युटरमै बसेका वेला दुई–दुई घन्टाको ग्यापमा मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ अनुहार धोई राख्नुपर्दैन, टिस्यु पेपरले सफा गर्दा हुन्छ । टिस्यु पेपर तीनपटकसम्म प्रयोग गर्न सकिन्छ ।

स्किन केयर रुटिन बिहानको समय : बिहानको समयमा बाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने हुन्छ । त्यस्तै, छालालाई चिसो र घामबाट पनि जोगाउनुपर्ने हुन्छ । चिसोमा मनतातो पानीले मुख धुँदा राम्रो हुन्छ । त्यसपछि घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ । छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ । मोस्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ । यसबाट एउटा प्रोटेक्टिभ लेयर बन्छ, जसले प्रदूषणबाट बच्न सहयोग गर्छ । छालालाई चम्किलो बनाउने उपाय फेसियल पनि हो ।

साताको दुईपटक फेसियल गरेर अनुहारको मृत सेललाई माडेर फाल्न सकिन्छ । रातको समय : दिउँसो बाहिर हिँड्दा मेकअप गरिएको हुन्छ । सुत्नुअघि मेकअप पखाल्नुपर्छ । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ । राति सुत्दा पनि अनिवार्य मोस्चराइजर क्रिम अनिवार्य लगाउनुपर्छ ।

किनकि, रातमा हामी आरामसँग सुत्दा हाम्रो छालाले पनि रिपेयरिङको काम गरिरहेको हुन्छ । त्यसैले सुत्नुअघि राम्ररी अनुहार सफा गर्दा छाला चम्किलो रहन्छ । एन्टिएजिङ, दाग–धब्बालगायत समस्याबाट पनि मुक्त हुन सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

१० घण्टा अगाडि
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक