आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

किसनाहरु सुन्तला उत्पादनमा जोड दिएकाछन्

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
किसनाहरु सुन्तला उत्पादनमा जोड दिएकाछन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कावासोती । नवलपुर जिल्लाको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरथोर सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौबारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ ।

अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको व्यापारी जानउँछन् ।

नवलपुरको कावासोतीमा विगत १५ वर्षदेखि फलफूल बिक्री गर्दै आएका मनकामना फ्रुट सप्लायर्सका सञ्चालक रुद्रबहादुर अधिकारीले बबकबाट नै सुन्तला खरिद गरी बिक्री गर्ने गरेको जानउनुभयो । किसानको बगैँचाबाट नै खरिद गरी प्रतिकेजी ७५ रुपियाँमा बिक्री गरेको र दसैँदेखि हालसम्म ७५ क्विन्टल बिक्री भइसकेको उहाँले जानउनुभयो ।

जिल्लाका कावासोती, प्रगतिनगर, दलदले, चोरमारा, अरुणखोला, गिरबारी, झ्यालबासलगायतका ठाउँमा खुद्रा तथा होलसेलमा व्यापारीसमक्ष घर घर पुयाउने गरेको पनि उहाँले जानउनुभयो । उहाँले भन्नुभयो, “सुन्तलाको उत्पादन राम्रो भएकाले किसानले छिटो टिप्न सुरु गरेका हुन् । ४० प्रतिशत मात्र सुन्तला पाकेको भए पनि चाडपर्वमा धेरै खरिदबिक्री भएको छ ।”

पहाडी भेगका सुन्तलाले नवलपुर जिल्लामा बाहिरबाट खरिद गरी ल्याउनु नपर्ने र आफ्नै बगानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने अधिकारीको भनाइ छ । नवलपुरको बौदीकाली–५, बबकका सुन्तला किसान शेरबहादुर ठाडामगरलाई यस पटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । केही वर्षअघिसम्म सुन्तलाको बजार खोज्दै धाउनुपर्ने बबकका किसान व्यापारीले बगैँचाबाटै मूल्य गरी सुन्तला खरिद गर्दा खुसी भएका छन् ।

सुन्तला बिक्रीमा अहिले समस्या नभएको र कावासोती, नारायणगढलगायतका व्यापारीले गाउँबाटै खरिद गरिदिँदा किसानलाई सहज भएको किसान भीमबहादुर मगरले जानउनुभयो । व्यापारीको माग अनुसार स्थानीय रूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर बजारसम्म पुर्‍याए मात्रै हुने उहाँले जानउनुभयो । व्यापारीले गाउँमै सुन्तलाको मूल्य तय गरी लैजाने गरेको उहाँको भनाइ छ ।

बबक कृषि तथा पशुपालन फार्म दर्ता गरी परम्परागतभन्दा पनि व्यावसायिक तवरबाट सुन्तला खेती गर्दै आएको किसान गेसबहादुर रानाले जानउनुभयो । आफ्नै बगैँचाबाट सुन्तला बिक्री गर्दा गत वर्षभन्दा राम्रो मूल्य किसानले प्राप्त गरेको उहाँको भनाइ छ । यस वर्ष गत वर्षभन्दा सुन्तलाको फलसमेत राम्रो लागेको किसानको भनाइ छ ।

गत वर्ष एक हजार २० मेट्रिक टक सुन्तला उत्पादन भएकामा यस वर्ष २० प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको बौदीकाली, बुलिङटार, गैँडाकोटको पहाडी क्षेत्रमा करिब सात सय हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती हुँदै आएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन व्यवस्था

५ महिना अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि

८ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक