काठमाडौं – जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परि ६३ ज्यान गुमेकाे छ।
मध्यरातमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तिमा ६३ जनाको मृत्यु भएको छ ।
प्रहरी र स्थानीयका अनुसार हालसम्म रुकुममा २० जना भन्दा बढी मानिसहरूको मृत्यु भएको बताइएको छ ।
जाजरकोटमा पनि हालसम्म २० जना भन्दा धेरैको मृत्यु भएको खबर छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको मृत्यु भएको छ ।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा ठूलो क्षति भएको छ ।
रातको समय भएकाले क्षतिका विवरण आइसकेका छैनन् ।