बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शंखधर शाख्वाको स्मरणमा सरसफाई तथा शुभकामना आदानप्रदान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
शंखधर शाख्वाको स्मरणमा सरसफाई तथा शुभकामना आदानप्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले नेपाल संवत तथा शंखधर शाख्वाको स्मरणमा कातिक १८ गते शनिबार सरसफाइ, २८ गते प्रभातफेरि र मंसिर ६ गते टुक्च्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

सोमबार प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीको पूर्ण बैठकलाई सम्बोधनका क्रममा महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले सो जानकारी दिएका हुन् ।

मंसिर मंसिर ६ गते टुक्च्चा तथा शुभकामना आदानप्रदान, रक्तदानलगायत कार्यक्रम हुने कार्यक्रमका प्रमुख आतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहने अध्यक्ष देउलाले जानकारी गराए ।

पूर्वमन्त्री तथा काठमाडौं महानगरका इन्चार्ज रामेश्वर फुयालले भाषा, संस्कृति र संस्कार अमूल्य सम्पति भएको बताउँदै काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य कमिटीहरु पनि भाषा र संस्कृति बचाउन सक्रिय हुनुपर्ने जनाए ।

आज भाषा र संस्कृति खोजीको विषय भएको जनाउँदै उनले विगतमा नेकपा (एमाले) ले गरेको भूमिका स्मरण गरे । उनले नेपाल संवत १११९ देखि नेपाल संवतलाई राष्ट्रिय संवत कार्यान्वयनमा ल्याउन लागिपरेको जनाए । यस्तै, उनले काठमाडौं जिल्लाका १३८ वटै वडामा आफ्नो संस्कृतिअनुरुप देउसी भैलो कार्यक्रम गर्न आह्वान गरिएको जानकारी गराए । लोलोपोतो गरेर पार्टी नचल्ने बताउँदै तदारुक्ताका साथ काम गर्न उनले काठमाडौं महानगरका ३२ वटै वडालाई निर्देशन दिए ।

काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले नेपाल संवत राष्ट्रिय संवत भएको भन्दै नेपाल भाषा र नेपाल संवत फरक विषय भएको जनाए ।

उनले भने, ‘नेपाल संवत राष्ट्रिय संवत हो । यसको नेतृत्व हामी नेकपा (एमाले) ले गर्नुपर्छ ।’ नेपाल संवतलाई स्थापित गराउन नेकपा एमालेका अग्रज सबै नेताको अहम भूमिका रहेको जनाए । विगतमा नेकपा एमालेले नेपाल संवतको विषय बोक्दा संवतको राजनीति लागेकोमा अहिले सबै पार्टीले नेपाल संवतको अवसरमा चियापान कार्यक्रम र शुभकामना आदानप्रदान हुने गरेको जनाए । हाल काठमाडौं उपत्यकाका प्रायः सबै ठाउँमा नेपाल संवत कार्यक्रमको सुरुवात भएको उनले  जनाए ।

काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले नेपाल संवतका प्रणेता शंखधर शाख्वाले जनतालाई ऋणमोचन गरेको स्मरण गरे । उनले हरेक चाडपर्व मानवीय सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडिएको जनाए। महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले नेपाल संवतसँग जोडिएका शंखधर शाख्वालाई नेकपा एमालेको ब्रान्ड भएको जनाए । २०५५ सालदेखि नै नेपाल संवतको एजेन्डालाई नेकपा एमालेको एजेन्डा बनेको जनाउँदै उनले बीचमा अरुले यो एजेन्डा बोके पनि यसमा मुख्य भूमिका नेकपा एमालेको रहेको जनाए ।

उनले भने, ‘शंखधर शाख्व राष्ट्रिय विभूति हुनुमा नेकपा एमाले र राजधानी काठमाडौं उपत्यकाको विशेष देन छ । काठमाडौं महानगर कमिटीको सहआयोजनामा टेकूदेखि १६ नम्बर वडासम्म बग्ने विष्णुमति नदी सरसफाइ कार्यक्रम गर्ने भएको छ । कातिक २८ गते नेपाल संवत प्रारम्भ भएको दिन स्मरण गर्ने पनि उनले जानकारी गराए । महानगर कमिटीले मंसिर ६ गते टुक्च्चा कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गर्ने भएको छ । साथै,रक्तदान कार्यक्रम पनि गर्ने भएको छ ।

यस्तै, कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिसमेत चयन गरिएको छ । कार्यक्रमलाई सम्बोधनका क्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले नेपाल संवत ११४४ नेकपा एमालेका लागि सुखद रहोस् भनी शुभेच्छा प्रकट गरे । सो क्रममा उनले नेपाल संवतको शुभकामना आदानप्रदान कार्यक्रमको इतिहास राजनीतिक विषय भएको जानकारी दिँदै उनले नेपाल संवतका प्रणेता शंखधर खाख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको जनाए ।

कार्यक्रममा काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोल, प्रदेश कमिटीमा निर्वाचित सदस्य, काठमाडौं जिल्ला सचिव राजेश शाक्य, उपसचिव तेजप्रसाद ढकालको सहभागिता थियो । यसैगरी कार्यक्रमको सञ्चालन काठमाडौं महानगर कमिटी सचिव गणेश श्रेष्ठले गरेका थिए ।

यो पनि पढ्नुहोस्

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

५ महिना अगाडि
देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

७ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक