काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् । लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् ।
यो सँगै युएईले तेस्रो विकेट गुमाएको छ । टस जितेर ब्याटिङ गरिरहेको युएईले दश ओभरमा ६२ रन जोडेको छ । यसअघि सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका थिए । उनले कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साहलाई आउट गरेका थिए ।